मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

नयाँ वर्ष मनाउँदा दुबईको बहुतले होटलमा भीषण आगलागी

नयाँ वर्ष मनाउँदा दुबईको बहुतले होटलमा भीषण आगलागी


बिबिसी, १७ पुष । दुबईको एक बहुतले होटलमा आगलागी भएको छ। संसारकै सबैभन्दा अग्लो भवन, बुर्ज खलिफा, नजीकै रहेको ३०० मिटर अग्लो सो होटलको २० औं तलाबाट आगो शुरु भएको जनाइएको छ। हताहतिको विवरणहरु प्राप्त भैसकेको छैन।

घटनास्थलमा पुगेका थुप्रै दमकलहरुले आगो निभाउने प्रयास गरिरहेका छन् ‘दि एड्रेसु नामक ६० तले उक्त भवनमा विलासी पाँच तारे होटल तथा आवासीय परिसर पनि रहेका छन्।

dubai fire

बुर्ज खलिफामा नयाँ वर्ष २०१६ को पूर्व सन्ध्यामा गरिने आतसवाजी हेर्न मानिसहरु भेला भैरहेका बेला उक्त आगलागी भएको थियो। आगोको लिप्का टाढा टाढाबाट देख्‍न सकिन्थ्यो। आगलागीको कारण थाहा हुनसकेको छैन।

उक्त होटेलमा थुप्रै नेपालीहरु पनि कार्यरत रहेकाले आगलागीमा नेपालीहरु पनि परेको हुन सक्ने नेपाली दुतावासले जनाएको छ । आगलागीबारे थप जानकारी आउन बाँकी छ ।