मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान कार्यान्वयनमा लाग्न आग्रह

संविधान कार्यान्वयनमा लाग्न आग्रह


चितवन, १७ पुस । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसकै नेतृत्वमा नेपालको संविधान बनेकाले यसको कार्यान्वयनमा सबै लाग्नुपर्ने बताएका छन् ।
 
४० औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार क्षेत्रीय समिति क्षेत्र नम्बर ४ को आयोजनामा महामानव बीपी कोइराला र नेता गणेशमान सिंहको सालिक अनावरण कार्यक्रममा उनले नेपाली कांग्रेसकै नेतृत्वमा सरकारले आदिवासी मधेसी मोर्चाले उठाएका मागलाई समानुपातिकमात्र नभई समावेशीलाई सम्बोेधन गर्न कोइरालाकै नेतृत्वले पहल गरेको बताए ।
 
जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुनुपर्ने मागलाई ख्याल गरेर नेपाली कांग्रेसले अग्रसर भएर मधेसी मोर्चासँग वार्ता गरिरहेको बताए । उनले भने, ‘कांग्रेसले मधेसी मोर्चाको चित्त बुजाउने गरी संशोधन प्रस्ताव पारितका लागि परेको छ ।’
 
कार्यक्रममा उनले तराईमा भइरहेको आन्दोलन सारा नेपालीको समस्या भएकोले उचित समयमा त्यसको सम्बोधन गर्न नसके राष्ट्रियतामा धेरै ठूलो खतरा हुन सक्ने संभावना रहेको विचार राखे । उनले भने, ‘समयमै जायज मागको सम्बोधन गर्नुपर्ने नेपाली कांग्रेसको धारणा छ ।’
 
त्यसैगरी भरतपुरमा आयोजित राष्ट्रियता र बीपीको मेलमिलाप नीति विषयक विचार गोष्ठीमा उनले मधेसवादी दलको मागका विषयमा कांग्रेस खुला रूपमा छलफल गर्न तयार रहेको बताए । मधेसवादी दलको मागलाई सम्बोधन गर्ने कुरामा सरकारमा रहेका दल पनि सकारात्मक बन्नुपर्ने उनले बताए । सबै मिलेमात्र देशको विकास हुनसक्ने भन्दै आजको दिनले सबैलाई प्रेरणा मिल्नुपर्ने उनले बताए ।
 
बीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्कदा गणेशमान सिंहसँग कुरा नमिलेको प्रसंग कोट्याउँदै उनले बीपीले गणेशमानलाई मेलमिलाप आवश्यक रहेको भनी बुझाउन सकेकै कारण देशले नयाँ मोड लिएको उनले बताए । बीपी चिन्तन प्रतिष्ठान चितवन, प्रजातान्त्रिक विचार समाज चितवन र नेपाल शिक्षक संघ चितवनले संयुक्त रूपमा आयोजना गरेको गोष्ठीका वक्ताहरूले दलका शीर्ष नेताबीचमा मेलमिलापको खाँचो रहेको औँल्याएका थिए ।
क्षेत्रीय सभापति बलराम पौडेलको अध्यक्षतामा भएको सालिक अनावरण कार्यक्रममा सभासद् शेÈनाथ अधिकारी, रामकृष्ण घिमिरे, अन्जनी श्रेष्ठ, विष्णुमाया परियार, जिल्ला सभापति टेकप्रसाद गुरूङलगायतको उपस्थिति रहेको थियो ।