मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई व्यक्तिको मृत्युपछि पृथ्वी राजमार्ग अवरुद्ध

दुई व्यक्तिको मृत्युपछि पृथ्वी राजमार्ग अवरुद्ध


तनहुँ, १६ पुस । तनहुँमा बिहीबार भएको सडक दुर्घटना घाइते भएका मोटरसाइकल चालक २२ वर्षीय सुरज थापाको मृत्यु भएको छ । उनी घाँसीकुवा–८ छिर्कनेका बासिन्दा हुन् । 
 
उपचारका क्रममा उनको मणिपाल अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो । दुर्घटनापछि पृथ्वीराजमार्गको दमौली—डृुम्रे सडकखण्ड अवरुद्ध छ ।  
 
मोटरसाइकलमा सवार अन्दाजी २० वर्षका सन्दीप कुँवरको घटनास्थलमै मृत्यु भएको थियो । 
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना५ख ७५२३ नम्बरको टिपरले पृथ्वी राजमार्ग सडकअन्तर्गत घाँसीकुवा–८ छिर्कनेमा विपरीत दिशामा गुडिरहेको ग१०प ७२६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । 
 
बिहान ११ बजे भएको दुर्घटनापछि अवरुद्ध पृथ्वीराजमार्ग खुलेको छैन । राजमार्ग नखुल्दा हजाराँै यात्रु अलपत्र परेका छन् । रासस