मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जायज मागलाई बेवास्ता गरिए देशलाई ठूलो धक्काः नेता सिंह

जायज मागलाई बेवास्ता गरिए देशलाई ठूलो धक्काः नेता सिंह


चितवन, १६ पुस । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले मधेसवादी दलका जायज मागलाई बेवास्ता गरिएमा देशलाई ठूलो धक्कापर्ने बताउनु भएको छ । 
 
४० आँैं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजित राष्ट्रियता र विपिको मेलमिलाप नीति विषयक विचारगोष्ठीमा बोल्दै उहाँले मधेसवादी दलको मागका विषयमा काँग्रेस खुलारुपमा छलफल गर्न तयार रहेको बताउनुभयो ।
 
मधेसवादी दलको मागलाई सम्बोधन गर्ने कुरामा सरकारमा रहेका दल पनि सकारात्मक बन्नुपर्ने उहाँले बताउनुभयो । सबै मिले मात्र देशको विकास हुनसक्ने भन्दै आजको दिनले सबैलाई प्रेरणा मिल्नुपर्ने उहाँले बताउनुभयो । 
     
विपि कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्कँदा गणेशमान सिंहसँग कुरा नमिलेको प्रशंग कोट्याउँदै उहाँले विपिले गणेशमानलाई मेलमिलाप आवश्यक रहेको भनी बुझाउन सकेकै कारण देशले नयाँ मोड लिएको उहाँले बताउनुभयो ।   
 
विपि चिन्तन प्रतिष्ठान चितवन, प्रजातान्त्रिक बिचार समाज चितवन र नेपाल शिक्षक सङ्घ चितवनले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा बोल्ने वक्ताहरुले दलका शीर्ष नेताबिचमा मेलमिलापको खाँचो रहेको औँल्याएका थिए । 
     
कार्यक्रममा सांसद शेषनाथ अधिकारी र रामकृष्ण घिमिरेले राष्ट्र बचाउन दलभन्दामाथि उठेर काम गर्नुपर्ने समय आएको बताउनुभएको थियो । सो अवसरमा विपि चिन्तन प्रतिष्ठान चितवनका अध्यक्ष डा एकनारायण पौडेल, प्रजातान्त्रिक बिचार समाज चितवनका अध्यक्ष डा. कृष्णप्रसाद पौडेल र शिक्षक सङ्घ चितवनका अध्यक्ष ध्रुव पोख्रेलले बिचारगोष्ठीको औचित्यको बारेमा प्रकाश पार्नुभएको थियो । रासस