मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको टेक्ससबाट नेपालका भुकम्प पिडितका लागि पाँच हजार व्ल्यांकेट वितरण गर्ने योजना

अमेरिकाको टेक्ससबाट नेपालका भुकम्प पिडितका लागि पाँच हजार व्ल्यांकेट वितरण गर्ने योजना


हिमालय खबर संबाददाता I 
अमेरिका टेक्सास स्थित ड्यालसमा अत्याधिक जाडोवाट प्रभावित भुकम्प पिडितका लागि ब्ल्याकेंट सहयोग अभियान शुरु भएको छ । नेपाली समाज टेक्सास (एनएसटी) को अगुवाईमा यो सहयोग अभियान अघि वढाईएको हो ।
 
भुकम्प पिडितका लागि केही दिन भित्रै करिव पांच हजार व्यांकेट पुर्याइने योजनाका साथ काम भईरहेको छ। एनएसटीका पुर्व अध्यक्ष एबम समाजसेवी गौरी जोशीले एक हजार व्ल्यांकेट उपलव्ध गराउने भएका छन् । जोशी परिवार द्धारा समाजिक सेवागर्ने उद्देश्यले स्थापित आमा फाउण्डेशन नेपाल मार्फत सहयोग वितरण गरिने जोशीले जानकारी दिए । तत्काल व्ल्यांकेट किन्न नेपाल स्थित थोक विक्रेतासंग कुराकानी भईसकेको छ जोशीले भने उसले तत्काल उपलव्ध गराउने आश्वासन दिएको हुदां दुई तिन दिनमै सिन्धुपाल्चोकका भुकम्पपिडितका लागि यो व्ल्यांकेट पुर्याइने छ । 
 
थप व्ल्यांकेट पनि एनएसटीको  संयोजनमा विवतरण गर्दै जाने योजना छ ।  गत  नेपाली समाज टेक्सासको निर्वाचनमा महासचिवका प्रत्याशी  भानु खरेलले पाँच हजार डलर  थप आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्  I त्यस्तै समाज सेबी टिका पौडेल, शिव गौतम, धुर्ब पाण्डे, अनुप श्रेष्ठ ,भवानी पाण्डे, यादब खनाल, उत्तम लामिछाने, सन्तोष चौधरी सबिता न्यौपानेले १०/१०  थान व्ल्यांकेट उपलव्ध गराउने भएका छन् I टेक्ससमा एक व्यक्ति एक ब्लांकेट नारालाई  अभियानका रुपमा संचालन भएकोले यस्तो मानबिय कार्यमा सहयोग गर्ने पाउदा खुसि हुदै  यूलेस निवासी टंक काफ्लेले पनि एक थप व्ल्यांकेट उपलव्ध गराउने भएका छन् I 
 
 समाजसेबी मुरली अधिकारी, माला महत, बासुदेब भण्डारी, नरेश पाण्डे, गोकर्ण दाहाल र गत नेपाली समाज टेक्सासको निर्वाचनमा कोषाध्यक्ष  प्रत्याशी कपिल अधिकारीले  पाँच/पाँच सय डलर थप आर्थिक सहयोग  गरेका छन् I
 
समाजसेबी  हरिबोल भण्डारीले  आफ्नो दाजु कृष्णहरि भण्डारी मार्फत  नेपालमा रहेको नेपाली समाज टेक्ससको कार्यालयमा ५० थान व्ल्यांकेट उपलव्ध गराईसकेको कुरा हिमालय खबरलाई बताएका छन् भने अनकन (UNCON) तिनसय डलर र सुनिल शाह एक सय डलर  सहयोग गरेका छन् I अन्य थप व्ल्यांकेटको लागि  आर्थिक  सङ्कलन कार्य  भईरहेको  छ I 
 
गत अप्रिलमा गएको भुकम्पवाट झण्डै ९ हजारको ज्यान गएको थियो । लाखौ घरवार विहिन भएका छन् । पाल टांगेर वसेकाहरु जाडोले प्रभावित भएका छन् । चिसोका कारण झण्डै एक दर्जन भुकम्प पिडितको ज्यान गईसकेको छ । सरकारका तर्फवाट पनि भुकम्प पिडितले खासै राहत पाउन सकेका छैनन् । 
 
भुकम्प गए लगत्तै जोशीले १५ हजार अमेरिकी डलर बरावरको सहयोग गरेका थिए । उनी आफैं पनि राहत र सहयोग विवरणमा संलग्न थिए । जोशीको ड्यालासमा  व्यवसाय छ । एनएसटीका अन्य पदाधिकारीले पनि ब्ल्याकेंट सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । टेक्सासमा एक व्यक्ति एक ब्लांकेट नारालाई एनएसटीले अभियानका रुपमा संचालन गर्ने जनाएको छ । 
 
एनएसटीले महाभुकम्प प्रभावितका लागि २ लाख २५ हजार डलर सहयोग संकलन गरेको थियो । जस मध्ये ७५ हजार डलर खर्च भईसकेको छ भने बांकी १ लाख ५० हजार डलर  १० विद्यालय पुर्ननिमार्णका लागि खर्च गर्ने निर्णय भएको छ । पर्नुनिमार्ण गर्ने विद्यालयको छनौट पनि भईसकेको छ । तस्विरः गुगल