बिश्व घटना

अमेरिकाको टेक्ससबाट नेपालका भुकम्प पिडितका लागि पाँच हजार व्ल्यांकेट वितरण गर्ने योजना

अमेरिकाको टेक्ससबाट नेपालका भुकम्प पिडितका लागि पाँच हजार व्ल्यांकेट वितरण गर्ने योजना


हिमालय खबर संबाददाता I 
अमेरिका टेक्सास स्थित ड्यालसमा अत्याधिक जाडोवाट प्रभावित भुकम्प पिडितका लागि ब्ल्याकेंट सहयोग अभियान शुरु भएको छ । नेपाली समाज टेक्सास (एनएसटी) को अगुवाईमा यो सहयोग अभियान अघि वढाईएको हो ।
 
भुकम्प पिडितका लागि केही दिन भित्रै करिव पांच हजार व्यांकेट पुर्याइने योजनाका साथ काम भईरहेको छ। एनएसटीका पुर्व अध्यक्ष एबम समाजसेवी गौरी जोशीले एक हजार व्ल्यांकेट उपलव्ध गराउने भएका छन् । जोशी परिवार द्धारा समाजिक सेवागर्ने उद्देश्यले स्थापित आमा फाउण्डेशन नेपाल मार्फत सहयोग वितरण गरिने जोशीले जानकारी दिए । तत्काल व्ल्यांकेट किन्न नेपाल स्थित थोक विक्रेतासंग कुराकानी भईसकेको छ जोशीले भने उसले तत्काल उपलव्ध गराउने आश्वासन दिएको हुदां दुई तिन दिनमै सिन्धुपाल्चोकका भुकम्पपिडितका लागि यो व्ल्यांकेट पुर्याइने छ । 
 
थप व्ल्यांकेट पनि एनएसटीको  संयोजनमा विवतरण गर्दै जाने योजना छ ।  गत  नेपाली समाज टेक्सासको निर्वाचनमा महासचिवका प्रत्याशी  भानु खरेलले पाँच हजार डलर  थप आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्  I त्यस्तै समाज सेबी टिका पौडेल, शिव गौतम, धुर्ब पाण्डे, अनुप श्रेष्ठ ,भवानी पाण्डे, यादब खनाल, उत्तम लामिछाने, सन्तोष चौधरी सबिता न्यौपानेले १०/१०  थान व्ल्यांकेट उपलव्ध गराउने भएका छन् I टेक्ससमा एक व्यक्ति एक ब्लांकेट नारालाई  अभियानका रुपमा संचालन भएकोले यस्तो मानबिय कार्यमा सहयोग गर्ने पाउदा खुसि हुदै  यूलेस निवासी टंक काफ्लेले पनि एक थप व्ल्यांकेट उपलव्ध गराउने भएका छन् I 
 
 समाजसेबी मुरली अधिकारी, माला महत, बासुदेब भण्डारी, नरेश पाण्डे, गोकर्ण दाहाल र गत नेपाली समाज टेक्सासको निर्वाचनमा कोषाध्यक्ष  प्रत्याशी कपिल अधिकारीले  पाँच/पाँच सय डलर थप आर्थिक सहयोग  गरेका छन् I
 
समाजसेबी  हरिबोल भण्डारीले  आफ्नो दाजु कृष्णहरि भण्डारी मार्फत  नेपालमा रहेको नेपाली समाज टेक्ससको कार्यालयमा ५० थान व्ल्यांकेट उपलव्ध गराईसकेको कुरा हिमालय खबरलाई बताएका छन् भने अनकन (UNCON) तिनसय डलर र सुनिल शाह एक सय डलर  सहयोग गरेका छन् I अन्य थप व्ल्यांकेटको लागि  आर्थिक  सङ्कलन कार्य  भईरहेको  छ I 
 
गत अप्रिलमा गएको भुकम्पवाट झण्डै ९ हजारको ज्यान गएको थियो । लाखौ घरवार विहिन भएका छन् । पाल टांगेर वसेकाहरु जाडोले प्रभावित भएका छन् । चिसोका कारण झण्डै एक दर्जन भुकम्प पिडितको ज्यान गईसकेको छ । सरकारका तर्फवाट पनि भुकम्प पिडितले खासै राहत पाउन सकेका छैनन् । 
 
भुकम्प गए लगत्तै जोशीले १५ हजार अमेरिकी डलर बरावरको सहयोग गरेका थिए । उनी आफैं पनि राहत र सहयोग विवरणमा संलग्न थिए । जोशीको ड्यालासमा  व्यवसाय छ । एनएसटीका अन्य पदाधिकारीले पनि ब्ल्याकेंट सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । टेक्सासमा एक व्यक्ति एक ब्लांकेट नारालाई एनएसटीले अभियानका रुपमा संचालन गर्ने जनाएको छ । 
 
एनएसटीले महाभुकम्प प्रभावितका लागि २ लाख २५ हजार डलर सहयोग संकलन गरेको थियो । जस मध्ये ७५ हजार डलर खर्च भईसकेको छ भने बांकी १ लाख ५० हजार डलर  १० विद्यालय पुर्ननिमार्णका लागि खर्च गर्ने निर्णय भएको छ । पर्नुनिमार्ण गर्ने विद्यालयको छनौट पनि भईसकेको छ । तस्विरः गुगल 

शेयर गर्नुहोस:

0
Shares