मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको जनसम्पर्क समितिमा मनोनयन

अमेरिकाको जनसम्पर्क समितिमा मनोनयन


न्यूयोर्क,डिसेम्वर २७ | नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति आनन्द विष्टले ३१ सदस्यीय सल्लाहकार समिति र विभिन्न पाँच विभागका प्रमूखहरुको मनोनयन गर्नु भएको छ | आज सभापति विष्टले एक विज्ञप्ति प्रकाशित गर्दै सल्लाहकार र विभागीय प्रमूखहरुको मनोनयन गरेको घोषणा गर्नु भएको हो | गत वर्ष नोभेम्वरमा टेक्सासको डाल्लासमा भएको समितिको अधिवेशन मार्फत विष्ट सभापति निर्वाचित भएपछिको यो महत्वपूर्ण निर्णय हो |
 
सभापति विष्टले मनोनयन सम्बन्धी जारी गर्नु भएको विज्ञप्ति जस्ताको तस्तै: 
 
यस समितिको विधानको दफा २२ र केन्द्रीय समितिको डिसेम्वर १९ को बैठकको निर्णय अनुसार,केन्द्रीय समितिलाई संगठनको हितमा आवश्यक सल्लाह प्रदान गर्नका लागि तपसिल बमोजिमको ३१ सदस्यीय सल्लाहकार समितिको गठन गरिएको छ | नेपालमा रहँदा मातृपार्टी नेपाली कांग्रेसको विभिन्न नेतृत्वदायी भूमिकामा बसेर जिम्मेवारी बहन गर्नु भएका र हाल अमेरिकामा पनि नेपाली जनसम्पर्क समितिको सांगठनिक हितका लागि निरन्तर क्रियाशील रही आउनु भएका समितिका सदस्यहरुको योगदानको उच्च सम्मान गर्दै यसरी सल्लाहकार चयन गरिएको छ | 
 
समितिको हित र सांगठनिक गतिविधिमा सबै सल्लाहकारहरुबाट समितिले निरन्तर सल्लाह र सुझाव प्राप्त गरिरहनेछ भन्ने विश्वासका साथ मनोनित सबै सल्लाहकारज्यूहरुलाई यो मनोयनको घोषणासँगै हार्दिक बधाई ज्ञापन गर्दछु |सल्लाहकार समितिको कार्यकाल वर्तमान केन्द्रीय समितिको कार्यकाल अवधिभर रहनेछ | 
 
को को छन् सल्लाहकारहरु:
 
भोजराज कँडेल- क्यालिफोर्निया,विनोद मोक्तान -पेन्सिलभेनिया,बुद्धि लामिछाने-कोलोराडो,पदम रावल-क्यालिफोर्निया,निर्मल गौचन- क्यालिफोर्निया,श्रीमती सीता कोइराला-टेक्सास,मुकुन्द ढुंगाना-क्यालिफोर्निया,शिव भुर्तेल-रोड आइल्याण्ड,उमा शाह-मेरिल्याण्ड,विद्यासगर योञ्जन-क्यालिफोर्निया, श्रीमती पियुष दाहाल – क्यालिफोर्निया,वंशलाल तामाङ्ग-न्यूयोर्क,सुश्री टिका चौधरी-क्यालिफोर्निया,अर्जुन बन्जाडे (पीएचडी)- टेक्सास,विजय शर्मा- म्यासाचुसेट्स,आङ्दावा शेर्पा-न्यूयोर्क,विनोद शाह (एम.डी.)-न्यूयोर्क,श्रीमती निर्मला उप्रेती- भर्जिनिया,आमोद पोखरेल (पीएचडी) – क्यालिफोर्निया,आनन्दकृष्ण घिमिरे- मेरिल्याण्ड,मिङ्ग्मार शेर्पा- न्यूयोर्क,चन्द्रशेखर यादव – टेक्सास,कृष्णबहादुर विष्ट- न्यूयोर्क, निजानन्द मल्ल- फ्लोरिडा,हरिनारायण सापकोटा- न्यूयोर्क,सानुबाबु सिलवाल-नर्थ क्यारोलिना,अमृत सापकोटा- टेक्सास,उत्तम कार्की- क्यालिफोर्निया,पशुपति पाण्डे- वासिंगटन,भुवन आचार्य- टेक्सास र पुरुषोत्तम पाण्डे- कोलोराडो रहनु भएको छ |
 
 यसैगरी समितिको कानुनी सल्लाहकारमा वरिष्ठ कानुनविद एवं समितिका पूर्व संयोजक श्री खगेन्द्र जीसीलाई मनोनयन गरिएको छ | 
 
यसैगरी समितिको विधानको दफा २८ को उपदफा A (g) ले प्रत्यायोजन गरेको अधिकार र केन्द्रीय समितिको डिसेम्वर १९ को बैठकको निर्णय अनुसार गठित १३ विभाग मध्ये निम्न विभागहरुमा केन्द्रीय सदस्य मध्येबाट तपसिल बमोजिम प्रमूखहरुको मनोनयन गरेको छु | यस अघि सचिव भोजराज थोकर प्रमूख रहनु भएको अनुशासन समिति र कोषाध्यक्ष विजय थुलुङ्ग प्रमूख रहनु भएको आर्थिक समिति गठन गरिसकिएको जानकारी गराइन्छ | १३ विभाग मध्ये बाँकी विभागका प्रमूखहरुको पनि केही दिनभित्रै मनोनयन गरिनेछ | मनोनित विभागीय प्रमूखहरुबाट संगठनको हितमा अझ बढी सक्रियतापूर्वक काम हुने विश्वास लिएको छु | साथै विभागीय प्रमूखहरुले यथाशीघ्र विभागलाई पूर्णता दिई कार्य संचालन गर्नु हुनेछ | 
 
तपसिल:
 
१. सांस्कृतिक विभाग: सुबास लामा 
 
२. सञ्चार एवं प्रचार विभाग: गोकुल ढकाल 
 
३. कानुन विभाग: पिताम्वर भुषाल 
 
४. आदिवासी,जनजाति विभाग: लोक लामा
 
५. महिला विभाग: मान्ती शाह 
 
       धन्यवाद,
 
      जय नेपाल |
    आनन्द विष्ट
       सभापति