मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जीवन र रिस्ताको ‘रिफ्युजी’ माघमा प्रदर्शनमा आउने I जनवरीको दोस्रो साता देखि अमेरिका प्रदर्शनी (भिडियो सहित )

जीवन र रिस्ताको ‘रिफ्युजी’ माघमा प्रदर्शनमा आउने I जनवरीको दोस्रो साता देखि अमेरिका प्रदर्शनी (भिडियो सहित )


अढाई दशक अघि भूटानबाट त्यहाँका सरकारले लखेटेर नेपाल आई बसेका शरणार्थीहरुको समस्यालाई समेटेर निर्देशक उदय सुब्बाले चलचित्र ‘रिफ्युजी’ निर्माण गरेका छन् । 
बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा उनले यो चलचित्रको सम्पूर्ण निर्माण कार्य सकिएको बताए ।
 
अब १५ माघबाट राजधानी तथा मोफसलका हलबाट प्रदर्शनीमा आउने पनि निर्देशक सुब्बाले जानकारी गराए । आगामी जनवरीको पहिलो सातादेखि अमेरिका त्यसपछि बेल्जियम, क्यानाडा र अष्ट्रेलियामा प्रदर्शन गरिने पनि उनले बताए ।केही दृष्य काटेपछि यो चलचित्रलाई सेन्सर बोर्डले ‘युनिभर्सल’ प्रमाणपत्र दिएको छ ।
 
नेपालबाट तेस्रो मुलुक गएका करिब एक लाख भुटानी शरणार्थी र आफ्नो देश फर्कने आशामा झापा र मोरङको सिविरमा रहेका २७ हजार भुटानी शरणार्थीका समस्या यो चलचित्रमा समेटिएको निर्देशक सुब्बाले जानकारी गराए ।
चलचित्रको बिषय बस्तु एवं कथा सशक्त भएकाले आफुले लगानी गरेका नेपाली चलचित्र  'रिफ्युजी' को  निर्माता मनोज राई तथा दिपेश सुब्बाले सञ्चारकर्मीलाई बताए। निर्माता मनोजले हिमालय खबर संग कुरा गर्दै अमेरिकाको विभिन्न राज्यहरुमा  जनवरीको  दोस्रो साता देखि  प्रदर्शनीमा आउने जानकारी गराए I निर्माता मनोज राई हाल अमेरिकाको टेक्सस राज्यको ड्यालस सहरमा  आफ्नो ब्यबसाय  गर्छन् I  
 
चलचित्रमा सौरभ लामाको छायाँकन, राजु किरातीको द्धन्द्ध निर्देशन, दिनेश पाख्रिनको नृत्य निर्देशन, तारा थापा किम्लेको सम्पादन , विकाश चौधरीको सँगीत, डब्बु क्षत्री र उदय सुब्बाको गीत रहेको छ । जसमा जीवन लुईटेल, नीर शाह, रिस्ता बस्नेत, अशोक शर्मा, बिपना बस्नेत, सुरबीर पण्डित, मोहन निरौला, भूपेन्द्र लिङदेन लगायतको अभिनय छ ।