मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

’क्रिशमस होलिडे’मा अनाथ बालबालिकाको लागी रशलाईटको एक लाख सहयोग

’क्रिशमस होलिडे’मा अनाथ बालबालिकाको लागी रशलाईटको एक लाख सहयोग


फेशन तथा गायन विधामा देश विदेशमा विभिन्न कार्यक्रम गर्दै आएको कम्पनि ’रशलाईट मिडिया प्राली’ले क्रिशमसको अवसरमा च्यारिटी ईभेन्ट ‘२०१५ क्रिशमस होलिडे’ सम्पन्न गरेको छ । फेशन शो तथा गायन विधा जोडिएको कार्यक्रममा अनाथ बालबालिकाहरुको संरक्षण तथा पालन पोषणमा क्रियाशिल संस्था ‘गौरव युथ युनिटी सोसाईटी’लाई १ लाख १ हजारको चेक हस्तान्तरण गरियो । कार्यक्रम मुख्यतः उक्त संस्थाको सहयोगार्थ आयोजना गरिएको थियो । 
 
कार्यक्रममा बोल्दै कम्पनिकी अध्यक्ष गायिका तथा मोडल रमिता भण्डारीले पहिलो पटक कुनै संस्थाको सहयोगको लागी कार्यक्रम सम्पन्न गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यो प्रकारको कार्यक्रम गर्दै जाने बताईन् । रमिताले आगामी दिनमा पनि आर्थिक लाभ भन्दा पनि सामाजिक सहयोगको लागी कार्यक्रम गर्ने बताईन् । यसअघी मलेशिया, सिंगापुर, थाईल्याण्ड लगायतका देशका फेशन सम्बन्धी कार्यक्रम गरिसकेको उक्त कम्पनिले बर्ष २०७२ मै काठमाडौंमा तीन वटा कार्यक्रम गरिसकेको छ । 
 
कार्यक्रममा ’मिस राजधानी २०१५’मा बिजयी भुमिका खड्का सहितका मोडलहरु र्याम्पमा उत्रेका थिए । नेपाली संस्कृति झल्काउने विभिन्न भेषभुषामा मोडलहरु ’क्याट वाक’ गर्दा हुटिङको बर्षा भएको थियो । त्यस्तै क्रिशमस विशेष भेषभुषामा पनि मोडलहरु र्याम्पमा उत्रेका थिए । गायन तर्फ ’कोरेर प्रेम पत्र तिमीलाई दिन किन किन सकिन’ बोलको हिट गीतकी गायिका बुनु राई, ’आज तिम्रो कुरा चल्यो’ गायक  उदय सोताङ तथा पछिल्लो पुस्ताका चर्चित तथा व्यस्त गायक कमल खत्री लगायतले प्रस्तुती दिए । 
 
ललितपुर स्थित झम्सिखेलमा साँझ ५ बजेबाट सुरु भई करिब तीन घण्टा चलेको कार्यक्रममा फेशन, गायन तथा फिल्मी क्षेत्रका विशिष्ट व्याक्तिहरुको समेत उपस्थिती थियो ।