मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हात्तीको उचित स्याहार गर्न जोड

हात्तीको उचित स्याहार गर्न जोड


चितवन, ११ पुस । हात्तीको उचित रेखदेख र व्यवहारका सम्बन्धमा चासो व्यक्त हुन थालेको छ । पर्यटनमा हात्तीको प्रयोगका साथै पर्यटन प्रवद्र्धनका लागि हात्तीलाई दौडाउने खेलाउनेक्रम बढेसँगै विभिन्न क्षेत्रबाट विभिन्न खालका प्रतिक्रिया आउने गरेको छ ।

रामपुर क्याम्पसमा पशु चिकित्सा विषय अध्ययनरत विद्यार्थीले आयोजना गरेको कार्यक्रममा यो बारेमा विशेष चर्चा भयो ।

विद्यार्थीको संस्था ‘वन हेल्थ नेपाल’ले कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा बोल्दै इलाफेन्ट एड इन्टरनेशनलकी क्यारोल बक्लीले हात्तीको रेखदेख, आहार र व्यवहार उनीहरुको आचरण अनुकुल हुनुपर्नेमा जोड दिइन् ।

नेपालमा मात्रै नभएर पर्यटनमा प्रयोग हुने धेरै घरेलु हात्तीले उचित व्यवहार नपाएको उनको अनुभव थियो ।

कार्यक्रममा प्रमुख अतिथि रामपुर क्याम्पसको भेटेरिनरी शिक्षण अस्पतालका प्रमुख प्राडा श्यामकिशोर साहले हात्तीको उचित स्याहार भए नभएका विषयमा तथ्यपरक जानकारीहरु संकलन गरेर यदी उनीहरुको उचित रेखदेखका लागि नीति आवश्यक भए बनाउनका लागि सरकारलाई दबाब दिनुपर्ने बताए । हात्तीको उचित रखेदेख र व्यवहार नपाए खतरा उत्पन्न हुने उनको भनाइ थियो ।

रामपुर क्याम्पसका भेटेनरी कार्यक्रम प्रमुख डा। दिनेशकुमार सिंहले उचित स्याहार नपाउँदा हात्तीमा क्षयरोगजस्ता संक्रमणहरु फैलने र यसले मानव स्वास्थ्यमा पनि असर गर्ने बताए ।

हात्ती तनावमा आउँदा रोग पनि बढ्नेतर्फ सबैले ख्याल राख्नुपर्ने उनको अपिल थियो । हात्ती पूर्णतया घरपालुवा जनावर भइनसकेको हुँदा प्राकृतिक वातावरण नै उसका लागि उचित हुने उनले बताए ।

आयोजक संस्था वन हेल्थ नेपालका अध्यक्ष जितेन्द्र लामाले चितवन निकुञ्ज आसपासमा रहेका घरपालुवा हात्तीहरुमा क्षयरोगको संक्रमण देखिएकाले हात्तीको रेखदेखमा ख्याल राख्नैपर्ने बताए ।

हात्तीमाथि हुने गलत व्यवहार रोक्नुका साथै पशु कल्याणसँग सम्बन्धित अन्य गतिविधिहरुमा पनि संस्था केन्द्रित रहने उनले जानकारी दिए ।