मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

समाजसेवी मैयादेवीद्वारा प्रेस युनियन चितवनको भवन शिलान्यास

समाजसेवी मैयादेवीद्वारा प्रेस युनियन चितवनको भवन शिलान्यास


चितवन, ११ पुस । नेपाल प्रेस युनियन चितवन शाखाले निर्माण गर्न लागेको नेपाल प्रेस युनियन मैयादेवी सूचना केन्द्र भवनको शुक्रबार शिलान्यास गरिएको छ । 
 
भरतपुर उपमहानगरपालिका–११ बसेनीमा जग्गादाता समाजसेवी मैयादेवी श्रेष्ठले भवनको शिलान्यास गरेकी हुन् । पूर्व सांसद श्रेष्ठले समग्र पत्रकारको हितका लागि भवन सहयोग पुग्ने बताइन् । 
 
उनले भवन निर्माणका क्रममा पहिलो तल्लाको ढलानको सबै खर्चसमेत आफ्नो तर्फबाट सहयोग गर्ने बताइन् । नेपाल प्रेस युनियन चितवन शाखाले झण्डै ५० लाख रुपैयाँको लागतमा मैयादेवी सूचना केन्द्र भवन निर्माण गर्न लागेको युनियनका अध्यक्ष नारायणप्रसाद अधिकारीले बताए । 
 
भवन निर्माणका लागि विभिन्न दाताहरुले ११ लाख ६८ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको भवन निर्माण आर्थिक समितिकी संयोजक सृजना अर्यालले बताइन् । कार्यक्रममा सांसदहरु शेषनाथ अधिकारी, रामकृष्ण घिमिरे, कृष्णभक्त पोख्रेल, गीता वाग्ले, उमेश श्रेष्ठ र विष्णुमाया परियारले आफ्नो निजी र संसद विकास कोषबाट भवन निर्माणका लागि सहयोग गर्ने बताउँदै प्रेस जगत बलियो भएमात्र लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने बताए । 
 
सो अवसरमा कांग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, एमाले चितवनका प्रचार विभाग प्रमुख अरुण ‘पीडित’ भण्डारी, एमाओवादी चितवनका अध्यक्ष यमबहादुर परियार, राप्रपा नेपालका अध्यक्ष बद्री तिमिल्सिना, राप्रपाका अध्यक्ष रामहरि कँडेल, चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोख्रेल, मैयादेवी ट्रष्ट नेपालका अध्यक्ष प्रेमकुमार श्रेष्ठ, उपाध्यक्ष सिद्धकुमार श्रेष्ठ, महासचिव टंकनाथ पौडेल, कांग्रेस भरतपुर नगर सभापति मिलनबाबु श्रेष्ठ, उद्योग वाणिज्य चितवनका अध्यक्ष कल्याण जोशीलगायतले मन्तव्य राखेका थिए ।