मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा धुर्मुस-सुन्तलीको सरसफाइ अभियान

चितवनमा धुर्मुस-सुन्तलीको सरसफाइ अभियान


चितवन, ११ पुस । पुसको ठण्डीमा बिहानै नारायणगढको पुल्चोक कुहिरोले डम्म भरिएको थियो । नेपाली सेना, प्रहरी र केही मानिसहरु झुम्म भएर बसेका थिए । कोही व्यानर बोकेर यताउता गर्दै थिए ।
 
यत्तिकैमा महिलाको चर्को स्वर माइकमा गुन्जियो ‘आउनुहोस्, आउनुहोस्, आफ्नो नगर स्वच्छ बनाउनुहोस् ।’ त्यसपछि एकजना निलो ट्रयाक लगाएका पुरुष मुखमा मास्क, हातमा पन्जा लगाएर झाडु बोकेर बडार्न थाले । त्यहाँ रहेका सबै जनाले उनकै सिको गरे । कसैले फोहोर उठाएर थुन्सेमा राख्ने र कोहीले उठाएर ट्रयाक्टरमा धमाधम फाल्न थाले ।
 
१६ औँ राष्ट्रिय सरसफाइ सप्ताहअन्तर्गत भरतपुर उपमहानगरपालिकाको समन्वयमा राष्ट्रिय कलाकारद्वय धुर्मुस ९सीताराम कट्टेल० झाडुमा र सुन्तली ९कुञ्जना घिमिरे० माइकमा महानगरपालिका सरसफाइको लागि पुल्चोकमा आह्वान् गर्दै गर्दाको दृश्य थियो माथिको ।
 
पूर्व पश्चिम राजमार्गको मध्यभाग मध्यबिन्दुबाट सुरू भएको सरसफाइको दोस्रो दिन नारायणगढ बजार सरसफाइ गरिएको थियो । बजार सरसफाइ गर्नेक्रममा कलाकार धुर्मुसले ‘नारायणगढ बजार देशकै केन्द्रबिन्दु रहेकाले यस ठाउँको मह¤व धेरै नै रहेको बताए ।’
 
कलाकार सुन्तलीले देशको अहिलेको अवस्थाको बारेमा चिन्ता पोख्दै भनिन्, ‘व्यक्तिको मन सफा भए घर सफा हुन्छ, घर सफा गर्न सके समाज सफा रहन्छ ।’ उनले अझै हामी नेपालीमा सफा रहने चेतना नआएकोमा दुःखेसो गरिन् ।
 
आज हाम्रो साथमा साथ दिएर तपाईंहरु सबैजना सरसफाइमा सहभागी हुनुभयो नारायणगढ बजार कति सफा भयो रु तपाईंहरु आफंै अनुमान लगाउनुहोस् र अब बजारलाई कस्तो राख्ने हो त्यो तपाईंहरुको हातमा छोड्दै छौँ धुर्मुस–सुन्तलीले एकै स्वरमा भने ।
 
सरसफाइ सप्ताहमा मात्र ध्यान दिने र अरु बेलामा बिर्सन नहुने उनीहरुको भनाइ थियो । सरकारले मनैदेखि लागेर गरेको अभियान भएकाले स्थानीय र यहाँ रहेका हरेक संघसंस्थाले सक्दो सहयोग गर्नु पर्नेमा उनीहरुले जोड दिए । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवन, महिला समूह, आमा समूह, सहकारी, खानेपानी संस्था, विभिन्न व्यवसायी संघलगायतका संस्थाहरुले सरसफाइ गरेका थिए ।
 
मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालले उद्घाटन गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोप्रकाश सिंह, स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेल, सभासद् रामकृष्ण घिमिरेलगायत विभिन्न जिल्लास्तरीय तथा नगरस्तरीय नेताहरुको सहभागिता रहेको थियो । भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
 
साप्ताहिक सरसफाइअन्तर्गत आज शनिबारबाट उपमहानगरपालिकाले टोल विकास संस्थाहरुलाई आ–आफ्नो टोलको सरसफाइ गर्न आह्वान् गरेको छ । जसमा उमनपाले गाडी झाडु, कुचो, मास्क र पञ्जा उपलब्ध गराउने कार्यकारी अधिकृत बरालले बताए ।