मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भूकम्प प्रभावितले १७ प्रकारका घर बनाउन सक्ने

भूकम्प प्रभावितले १७ प्रकारका घर बनाउन सक्ने


चितवन, ११ पुस । भूकम्प प्रभावितले १७ प्रकारका भूकम्प प्रतिरोधी घर बनाउन सक्ने भएका छन् । २ तलेभन्दा अग्लो घर बनाउन पाइने छैन । ढुंगा वा इँटामा माटो प्रयोग गरी बनाइने घर एक तलाभन्दा अग्लो बनाउन पाइने छैन ।
 
अलग्गै नक्सा पास गर्नुपर्ने झन्झट हटाइएको छ । प्रभावितले आफ्नो इच्छाअनुसार नमुना घरको डिजाइन छानेर नाम र ठेगाना लेखी दर्ता गराउन सक्नेछन् ।
 
घर भत्किएको ८ महिनापछि सरकारले नमुना घर सार्वजनिक गरेको हो । सरकारले नमुना घरको नक्सा नदिँदा र घर बनाउनका लागि बजेटको समेत व्यवस्था नगर्दा अहिले भूकम्प प्रभावितहरु चिसो मौसममा दिनरात कटाउन बाध्य छन् । चिसोका कारण महिला र बालबालिका बढी समस्यामा परेका छन् ।
 
सहरी विकास मन्त्रालयले राष्ट्रिय भवन संहिताअनुसार नमुना सूचि तयार पारेको हो । भूकम्प प्रभावित जिल्लाका लागि सरकारले नमुना तयार पारेको हो । सरकारले भूकम्प प्रभावित अन्य जिल्लामा नमूना घरको नक्सा पठाए पनि चितवनमा नक्सा आएको छैन ।
 
चितवनका पहाडी भूगोलमा भूकम्पले पूर्ण क्षति पु¥याएको छ । झण्डै ४ हजारसँग रातो कार्ड रहेको छ । ‘हाम्रो जिल्लाको लागि भनेर तोकेर नक्सा पठाउने र अन्य निर्देशनका काम भएका छैनन्, सहरी विकास तथा भवन निर्माण कार्यालय भरतपुरका प्रमुख इन्जिनियर सुनिल ठाकुरले भने, ‘यहाँका भूकम्प प्रभावितले पनि नमुनाअनुसार घर बनाउन सक्नेछन् ।
 
सोही सूचिबाट छनोट गरेर भूकम्प प्रभावितले नयाँ घरका लागि ढुंगा माटो, ढुंगा सिमेन्ट, इँटा माटो र इँटा सिमेन्ट गरी चार पद्दति अपनाइ घर बनाउन सक्नेछन् । १७ मध्ये ८ नमूना ढुंगा र सिमेन्टको छन् भने ७ वटा इँटा र सिमेन्ट प्रयोग गर्न मिल्ने छ । ढुंगा माटो र इँटा माटोका एकएक नमुना रहेका छन् ।
 
ढुंगा वा इँटामा माटो प्रयोग गरी बनाइने घर एक तलाभन्दा अग्लो बनाउन नपाइने भवन संहिताअनुसार नमुना सूचि तयार पारेको हो ।
सोही सूचिबाट छनोट गरेर भूकम्प प्रभावितले नयाँ घरका लागि ढुंगा माटो, ढुंगा सिमेन्ट, इँटा माटो र इँटा सिमेन्ट गरी चार पद्दति अपनाइ घर बनाउन सक्नेछन् । १७ मध्ये ८ नमूना ढुंगा र सिमेन्टको छन् भने ७ वटा इटा र सिमेन्ट प्रयोग गर्न मिल्ने छ । ढुंगा माटो र इँटा माटोका एक÷एक नमूना रहेका छन् ।
 
नमुना सूचिमा जग्गा, घरको आकार, जग, गारो, र झ्याल ढोकाबारे उल्लेख छ । भुइँको लम्बाइ साँढे चार मिटरभन्दा बढी राख्न नपाइने नियम छ । गारोको उचाइ पनि तीन मिटरभन्दा बढी राख्न पाइने छैन । चौडाइको तीन गुणाभन्दा कम लम्बाइको भवन निर्माण गर्नुपर्नेछ ।