मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सुनसरीमा अझै रोकिएन बालविवाह

सुनसरीमा अझै रोकिएन बालविवाह


इनरुवा, ११ पुस । सुनसरीमा अहिले पनि बालविवाह हुने क्रम रोकिएको छैन । सुनसरी सदरमुकाम इनरुवामा शुक्रबार सम्पन्न ‘बाल विवाह न्यूनीकरण’ विषयक अन्तक्र्रिया कार्यक्रममा प्रस्तुत कार्यपत्रमा जिल्लामा अझै बाल विवाह हुने क्रम नरोकिएको देखाएको छ । 
 
समाजमा विद्यमान रुढीवादी परम्परा, अशिक्षा, बेरोजगारीलगायतका कारण बाल विवाह हुने क्रम जारी रहेको जनाएको छ । 
 
महिला तथा बालबालिकाको कार्यालयको आयोजनामा भएको कार्यक्रममा पत्रकार जयकृष्ण यादवले ‘बाल विवाह न्यूनीकरण’ र प्रमुख महिला विकास अधिकृत मेरिना श्रेष्ठले ‘किशोरी शिक्षा’ का बारेमा कार्यपत्रसमेत प्रस्तुत गर्नुभएको थियो ।
 
यादवले प्रस्तुत गर्नुभएको कार्यपत्रअनुसार सुनसरी जिल्लामा १० वर्षमुनिका तीन हजार १६६ जनाले बाल विवाह गरेका छन् । जसमा बालिका दुई हजार ५६८ र बालक ५९८ जना छन् । 
 
विसं २०६८ को जनगणनाअनुसार १० देखि १४ वर्षको उमेर समूहमा २८ हजार ११३ जनाले जिल्लामा बाल विवाह गरेका छन् । जसमा बालिका २३ हजार ७७७ र बालक चार हजार ३३६ छन् । 
 
पन्ध्र वर्षदेखि १९ वर्ष उमेर समूहमा एक लाख ६९ हजार ८६२ जनाले बाल विवाह गरेका छन् । तथ्याङ्कअनुसार बालिका एक लाख २३ हजार ६७१ र बालक ४६ हजार १९१ जनाले विवाह गरेका छन् । 
 
विसं २०६८ को जनगणनाको १० वर्षभित्र सुनसरी जिल्लामा दुई लाख एक हजार १४१ जनाले बालविवाह गरेका छन् । जसमा एक लाख पाँच हजार १६ बालिका र ९६ हजार १२५ जना बालक छन् । सो अवधिमा बालकभन्दा बालिका विवाह डेढ गुणा बढी छ । रासस