मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा एकता दिवसको माँग राख्दै राजदुत कार्कीलाई ज्ञापन पत्र

अमेरिकामा एकता दिवसको माँग राख्दै राजदुत कार्कीलाई ज्ञापन पत्र


अमेरिकाको न्युयोर्कमा सन् २०१२ मा स्थापित भएको प्रवासी नेपाली एकता समाज युएसए को एक प्रतिनिधि मण्डलले आज डिसेम्बर २३ तारिख ,वाशिंगटन डिसी स्थित राजदुताबासमा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि )लाई  राष्ट्रिय एकता दिवसलाई एक पर्वको रुपमा मनाउन नेपाल सरकारलाई दुताबास मार्फत ज्ञापन पत्र बुझाएको छ l
 
उक्त ज्ञापन पत्र बुझाउन क्यालिफोर्निया ,न्युयोर्क ,बोस्टन ,पेंसेलभानिया ,म्यारिल्याण्ड ,डिसी ,भर्जिनिया तथा अन्य राज्यबाट प्रतिनिधिहरु आएका थिए l​ सन् फ्रान्सिस्कोबाट पर्यटक दुत अनिल पाण्डेको पनि उपस्थिति रहेको थियो ​l​​
 
उक्त ज्ञापन पत्र बुझाउदै कार्यक्रममा वडामहाराज श्री ५ पृथ्वी नारायण शाहको जन्मजयन्ती भव्यताको साथ नेपाल सरकारले मनाउनु पर्ने तथा राष्ट्रिय एकता दिवसको रुपमा मात्र नभई एक पर्वको रुपमा मनाउनु पर्ने अवगत गराएको छ l
 
श्री ५ पृथ्वी नारायण शाहको वाणी नेपाल चार जात छतीस वर्णको साझा फुलवारी भन्ने भनाई मुलुकको अहिलेको जटिल परिस्थिति तथा परिवेशमा अत्यन्त सान्दर्भिक हुने संस्थाका प्रतिनिधिहरुले विश्वास लिएका छन् l
 
पृथ्वी नारायण शाहले नेपाल भन्ने देश र नेपाली भन्ने पहिचान नेपाल एकीकरण गरेर बनाएको ईतिहास अब मासिने लागेको ले फेरी अर्को पृथ्वी नारायण शाहको खोजी गर्नु पर्ने बेला आएको हो कि भनि समाजले ध्यानाकर्षण गराएको छ l
 
यसको साथै प्रवासी नेपाली एकता समाज युएसएले नेपालीहरुको घना वस्ती भएको शहर तथा राज्यहरुमा नेपालीहरुको जनसंख्या पनि बढ्दै गएकोले यस्ता स्थानमा सरकारले बाणिज्य दूताबास बनाउनु पर्ने समेतको सुझाब राजदुत मार्फत नेपाल सरकारलाई घच घचाउने काम गरेको छ l
 
यस संस्था अमेरिकाको विभिन्न शहरमा झन्डै एघार वटा स्थानमा समिति गठन गर्न समेत सफल भएको छ l​ प्रवासी नेपाली एकता समाज राप्रपा नेपाल संग आबद्ध संस्था हो भने जसले अन्य देशहरुमा पनि ज्ञापन पत्र बुझाउने भएको छ ​​l​