मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन उवासंघमा बढ्यो चुनावी सरगर्मी

चितवन उवासंघमा बढ्यो चुनावी सरगर्मी


चितवन, ९ पुस । उद्योग वाणिज्य संघ चितवनको नेतृत्व पछिल्लो वर्षहरुमा चुनावी प्रतिस्पर्धाबाट हुन थालेपछि नेतृत्व चयनको वर्ष निकै उल्लासपूर्ण हुने गरेको छ । हरेक पटकको नेतृत्व चयनमा भावी नेतृत्व कसले गर्ला भन्ने विषय निकै चर्चाको विषय बन्ने गरेको छ । संघको ४९ औं वार्षिक साधारण सभा तथा अधिवेशनका लागि मतदाताहरुसँग मत माग्ने अभियान सुरु भइसकेको छ । 
 
संघको कार्यालय परिसरमा पनि अहिले दैनिकजसो व्यवसायीको भीड देख्न सकिन्छ । यस वर्षपछि पुस अन्तिम हप्ता संघको नयाँ नेतृत्व चयन हुँदैछ । जसका लागि प्रतिस्पर्धामा हालसम्म दुई व्यक्ति रहेका छन् ।
 
वर्तमान समयमा संघको वरिष्ठ उपाध्यक्ष पदमा रहेर जिम्मेवारी वहन गरिरहेका सहन प्रधान र व्यवसायी राजन गौतमबीच प्रतिस्पर्धा हुने देखिन्छ । विभिन्न ९ बुँदे सुधार पत्रसहित गौतम समूह चुनावी मैदानमा उत्रिएको छ । वर्तमान अध्यक्ष कल्याण जोशीले अन्तिम समयसम्म पनि पद दोहो¥याउने रुची नराखेमा रोलक्रमले सहन प्रधान अघि देखिन्छन् । यसअघि उपाध्यक्षमा दुई कार्यकाल र वरिष्ठ उपाध्यक्षमा एक कार्यकाल जिम्मेवारी लिइसकेका प्रधानले अध्यक्ष पद हत्याउन कसरतमा लागेका छन् ।
 
संघको नेतृत्व कसको हातमा जाने भन्ने विषय संघकै पूर्व नेतृत्वकर्ताहरुको हातमा रहेको बुझाइ धेरैमा रहेकाले अबको नेतृत्व पनि प्रधानकै पक्षमा देखिने पूर्वअध्यक्षमध्येका एकले बताए । ‘सकेसम्म मिलाएर लैजाने प्रयास हुनेछ, उनले भने, ‘अन्तिम समयसम्म पनि टसमसको स्थिति रहेमा लोकतान्त्रिक विधिअनुसार चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुनेछ ।’ संघमा निरन्तरको लगावको कारण पनि आफ्नो उम्मेदवारी स्वभाविक रहने प्रधान बताउँछन् ।
 
प्रधानका प्रतिस्पर्धीका रुपमा देखिएका राजन गौतम अघिल्लो कार्यकालका लागि पनि वरिष्ठ उपाध्यक्ष पदका दाबेदार थिए । उनी त्यस समयमा पनि वर्तमान वरिष्ठ उपाध्यक्ष सहन प्रधानसँग पराजित भएका थिए । अध्यक्षका प्रत्याशी गौतम आफ्ना पदाधिकारीका प्रत्याशीहरुसहित पछिल्लो समय मतदाताको घर तथा पसलमा पुगेर नेतृत्व आफ्नो हातमा पार्न कसरत गरिरहेका छन् । ‘संस्थागत सुशासन र व्यावसायिक आधुनिकीकरणको नारा लिएर चुनावी मैदानमा उत्रिएका गौतम समूहको पत्याशी पदाधिकारी उम्मेदवारहरु यसअघि पनि संघको कार्यसमितिमा रहेर काम गरेका व्यक्तिहरु छन् ।
 
यसअघिका द्वितीय उपाध्यक्ष ऋषिप्रसाद लामिछाने वरिष्ठ उपाध्यक्षको लाइनमा देखिन्छन् । गौतम लाइनमा उनी उपाध्यक्षहरुको बरियतामा सशक्त देखिन्छन् । यसै पदमा संघका वर्तमान प्रथम उपाध्यक्ष राजु श्रेष्ठ उठ्ने पक्कापक्की भएको छ । श्रेष्ठ व्यवसायी माझ क्रियाशील रुपमा चिनिएकाले उनको लोकप्रियता बढी छ । गौतम लाइनकै उपाध्यक्षमा खोमकान्त रेग्मी र भोजराज कौडाल तथा विष्णुप्रसाद कँडेल देखिएका छन् ।