मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

प्रवासी नेपाली मंचको साधारण सभा सिकागोमा हुँदै

प्रवासी नेपाली मंचको साधारण सभा सिकागोमा हुँदै


अमेरिकामा क्रियाशील अग्रणी सामाजिक संस्था प्रवासी नेपाली मंच अमेरिकाको दोश्रो साधारण सभा यही डिसेम्बर महिनाको २५ देखि २७ सम्म सिकागो सहरमा हुने भएको छ । साधारण सभाले स्वाभाविक रुपमा विगतको समिक्षा गर्दै आगामी कार्यक्रमहरु समेत निर्धारण गर्ने छ , त्यसको अलावा छिट्टै हुने अधिवेशनको तिथि तथा स्थान निर्धारण समेत त्यहाँ बाट निधो हुने अपेक्षा गर्न सकिन्छ ।

 

प्रवासी नेपाली मंच अमेरिकाका अधिकांश हस्तीहरु सहभागी हुने उक्त कार्यक्रम मंचका अध्यक्ष संजय थापाको सभापतित्व , महासचिव प्रभु थापाको संचालन र वरिष्ठ उपाध्यक्ष बाला घिमिरेको स्वागतको साथ सुरु हुने उक्त उक्त कार्यक्रममा तयारी संयोजक टेकराज पौडेलले धन्यवाद दिने  र विभिन्न राज्यहरुबाट सहभागीहरुले अत्यन्त उत्साह साथ भाग लिने न्युयोर्क च्याप्टर अध्य्क्ष राधाकृष्ण देउजाले जानकारी दिनुभयो । उदघाटन र बन्द सत्र गरि दुइ भागमा बाँडिने उक्त कार्यक्रमको उदघाटन सत्रमा अन्य संघ संस्थाका प्रतिनिधिहरुले पनि शुभकामना दिने कार्यक्रम छ ।

 

उक्त कार्यक्रमको तयारीको निम्ति सिकागोमै रहनु भएका मंचका वरिष्ठ उपाध्यक्ष बाला घिमिरे, मंचका मध्य पश्चिम इन्चार्ज प्रितीसागर खत्री, उक्त क्षेत्रका संयोजक टेकराज पौडेल अत्यन्त सक्रियताका साथ कार्यक्रम सफल तुल्याउन लागिरहेको वुझिएको छ ।