मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनएसटी निर्वाचन बाजी कसले मार्ला ?

एनएसटी निर्वाचन बाजी कसले मार्ला ?


हिमालय खवर विश्लेषण ।
टेक्ससको ड्यालसमा अहिले सवैभन्दा धेरै चर्चामा रहेको विषय नेपाली समाज टेक्सस(एनएसटी)को आगामी नेतृत्वका लागि हुन लागेको निर्वाचन हो । कृष्ण लामिछाने र विजयराज भट्टराई  दुई जनाले अध्यक्ष पदका लागि दावेदावरी पेश गरेका छन् । एनएसटीलाई यस्तो ध्रुविकरण हुन नदिन तेस्रो उम्मेदवार आउनु पर्छ भन्नेहरु पनि थिए । तर, यो अवस्था पनि टरिसकेको छ ।एनएसटी समग्र टेक्ससमा वस्ने नेपाली समुदायलाई प्रतिनिधित्व गर्ने उद्देश्यले गठन भएको संस्था हो । 
 
तर, यो वढी ड्यालस केन्द्रित छ । नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र (नेपाली मन्दिर)  लगायत वहुदेशीय भवन निमार्णमा नेतृत्वदायी भुमिका, भुकम्प पिडितको सहयोगमा सकृयता स्थानियहरुको वढ्दो विश्वासले गर्दा एनएसटी प्रति चासो पनि छ । टेक्सासमा ३० हजार भन्दा वढी नेपाली वस्ने अनुमान छ । तर, संस्थाको सदश्यता दिने संख्या झण्डै २५ सयको हाराहारीमा छ । तुलनात्मक रुपमा हेर्दा यो संख्या पनि सानो होइन ।समग्र अमेरिकामा नेपाली समुदायलाई प्रतिनिधित्व गर्ने एनआरएन अमेरिकाको सदश्य संस्था करिव १० हजार ५ सय मात्र छ । संभवत एनआरएन अमेरिका पछि वढी सदश्य भएको एनएसटी नै हो । एनआरएनको गत निर्वाचनमा जस्तै एनएसटीको नेतृत्व चयन पनि उम्मेदवारका लागि खर्चिलो वन्न पुगेको छ । 
 
आइतवार हुने निर्वाचनमा जित्नका लागि दुवै अध्यक्षका प्रत्याशीले प्रतिष्ठाको विषय वनाएका छन् । सदश्य वनाउने क्रमवाट नै तिव्र प्रतिस्पर्धा देखिएको थियो । स्थानिय अनलाइन र सोसल मिडियामा लगातार प्रचार समाग्रीहरु आईरहेका छन् । 
 
दुई उम्मेदवार विच के कस्ता एजेण्डा छन् यसवारेमा अमेरिकी राष्ट्रपतिका उम्मेदवार विच हुने जस्तै गरी वहस पनि गराईयो । यति सानो संस्थामा यति धेरै उर्जा खर्च नगरेको भएपनि हुन्थ्यो भन्नेहरु पनि छन् । 
 
ड्यालसमा यो निर्वाचनलाई निकटवाट हेरेकाले आफ्नो फेसवुक टिप्पणी गर्दै लेखे, दुवै उम्मेदवारले नेपालका राजनीतिक पार्टीका नेतालाई पनि जित्ने गरी आफ्ना एजेण्डा वताए । यस्तै यो निर्वाचनमा राजनीतिक ध्रुविकरण भएको र यसले एनएसटी जस्तो समाजिक संस्थालाई भविष्यमा फाइदा नहुने धेरै मतदाताको गुनासो छ ।
 
यो अवस्थामा अध्यक्षमा कसले चुनाव जित्छ ? धेरैको अनुमानमा यदि अहिले चलेको लहरका आधारमा भोट खस्यो भने कृष्णले बाजी मार्न सक्छन् । तर, संस्थामा वसेर काम गरिरहेकाले विजय पनि कमजोर नभएको टिप्पणी फेरी यस संगै जोडिएर आउंछ । झण्डै २५ सय मतदाता भएकाले २ हजार भन्दा वढी भोट खस्ने अनुमान गरिएको छ । यस आधारमा जित्न झण्डै १ हजार मत ल्याउनु पर्छ । सदश्य संस्था अत्याधिक वढेकाले पनि कसले कता भोट हाल्छ अनुमान गर्न कठिन भएको हो । राजनीतिलाई महत्व नदिने तर, लहर चिनजान हेर्नेको संख्या पनि अत्याधिक भएकाले पनि दुवै उम्मेदवार पनि कडा प्रतिस्पर्धा भने हुने देखिन्छ । उपाध्यक्ष, महासचिव लगायत अन्य पदाधिकारीमा पनि प्यानल वनेकाले यसले पनि केही मत तल माथि पार्न सक्ने अनुमान छ । एउटै प्यानललेजित्ने अवस्था भने कम रहेको देखिन्छ ।
 
एनएसटीमा चुनाव जित्नु किन मरिहत्ते ? के यो संस्था मजबुत हो ? एनएसटी स्थानिय तहमा प्रभावशाली र मजबुत संस्था भने हो । यसो हुनुमा विभिन्न कारण छन् । टेक्ससमा नेपालीको जनसंख्या बढी रहेको छ । अनुकुल मौसम, सस्तो आवास, रोजगारका पर्याप्त अवसर र व्यवसाय गर्न ठुलो पुंजी नचाहिने जस्ता पक्षले टेक्ससमा नेपाली समुदाय प्रभावकारी वन्दै गएको छ । एउटा देखि ७०, ८० वटा ग्यांस स्टेशन र व्यवसाय हुने नेपाली पनि यहाँ  भेटिन्छन् । यसरी व्यवसायमा प्रभाव जमाउंदै गएका नेपालीका कारण एनएसटीले नेपाल र स्थानिय नेपाली समुदायको हितमा कयौं काम गरेको छ र अझ गर्न सक्छ । अर्को ड्यालसमा रहेको नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र (नेपाली मन्दिर) सफल उदाहरण हो । मंसिरको दोस्रो साता तिर लगनको दिन उक्त मन्दिरमा ३ वटा विवाह भई  रहेको थियो । मन्दिरले नेपालीलाई एकतामा मात्र जोडेको छैन थुप्रै संस्कृति र परम्परा पुरा गर्न पनि सहयोग पुर्याईरहेको  छ । एनएसटीले यो मन्दिरलाई सम्पन्न वनाउन मुख्य भुमिका खेलेको थियो । 
 
अध्यक्षका दुवै प्रत्याशीले नेपाली समुदायको हितका लागि धेरै काम गर्ने वाचा गरेका छन् । यी चुनावी पनि हुन सक्छन् । तर, धेरैको मुख्य चासोको विषय पार्टीगत राजनीतिकले ल्याएको धु्रविकरणलाई कसरी कम गर्ने भन्ने सवालमा दुवै उम्मेदवारले चित्त वुझ्दो जवाफ दिन सकेका छैनन् । यो  ध्रुविकरण अहिले जसरी वढ्दै गयो भने ड्यालसमा नेपाली समुदायलाई विविध सेवा दिईरहेको नेपाली मन्दिर लगायत अन्य संस्थामा पनि पर्न सक्छ ।
 
अहिलेको ध्रुविकरण आइवार मतदान नसिकदां सम्म मात्र रहोस भन्नेमा एनएसटीको हितमा काम गर्ने सवैजनाले सचेत हुनु आवश्यक छ । अहिलेको निर्वाचनको  ध्रुविकरण चुनाव सकिए लगत्तै मथ्थर पार्नु पर्छ । निर्वाचनले एनएसटीको सदश्य संख्या एक्कासी वढेको छ । यसले अरु केही नगरेपनि एनएसटीको कोषमा भने करिव ५० हजार थपिदिएको छ । अहिलेलाई यही एउटा सकरात्मक पक्ष सम्झौ ।