मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

ओमानमा भूकम्पपीडितका लागि ‘नयाँ वर्ष सांस्कृतिक कार्यक्रम’

ओमानमा भूकम्पपीडितका लागि ‘नयाँ वर्ष सांस्कृतिक कार्यक्रम’


साउदी अरब, २ पुस । भूकम्पपीडितका लागि एक हजार घर निर्माणार्थ गैरआवासीय नेपाली सङ्घ ओमानले मस्कटमा नयाँ वर्षमा विशेष साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । 
 
नयांँ वर्ष–२०१६ को अवसर पारेर सङ्घले ‘नयाँ वर्ष विशेष सांस्कृतिक कार्यक्रम’ गर्न लागेको हो । भूकम्पबाट घरबारविहीन भएकाहरुका लागि सांस्कृतिक कार्यक्रममार्फत अर्थ सङ्कलन गरेर घर निर्माणमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको सङ्घका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
 
एनआरएनएले थालनी गरेको ‘एक हजार घर निर्माण’ अभियानलाई सफल पार्न आयोजना गरिएको सो कार्यक्रममा गायक हिमाल सागर, हास्य कलाकार शेरबहादुर गुरुङ, नृत्याङ्गना पूर्णिमा श्रेष्ठलगायतका कलाकार ओमान आउने बताइएको छ ।
 
ओमानको राजधानी मस्कटमा हुने कार्यक्रमको तयारी तीव्र पारिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । रासस

शेयर गर्नुहोस:

0
Shares