मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेजाद्धारा न्युयोर्कमा आयोजित अन्तक्रिया कार्यक्रम सम्पन्न

नेजाद्धारा न्युयोर्कमा आयोजित अन्तक्रिया कार्यक्रम सम्पन्न


१६ डिसेम्वर २०१५ I 
न्युयोर्क, अमेरिकाको भ्रमणमा रहेका नेपाल पत्रकार महासंघका पूर्व सभापति बरिष्ठ पत्रकार किशोर नेपाल र महासंघका मध्यमान्चल पूर्व सभापति पत्रकार गंगाधर पराजुलीसँग नेपाल अमेरिका पत्रकार संघद्धारा हिजो मंगलबार न्युयोर्कमा आयोजित अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
 
अन्तक्रियामा नेपालको वर्तमान राजनीतिक अवस्था, पत्रकारिता लगायतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा वोल्दै महासंघका पूर्व सभापति बरिष्ठ पत्रकार नेपालले राजनीतिक नेताहरुको अकर्मन्यताका कारण देशले दुख पाईरहेको वताउनुभयो । भारतले नेपालमा लगाएको नाकावन्दीको बारेमा भारत र अन्तराष्यि समुदायसँग प्रष्ट वोल्न नसकेको वताउदै भन्नुभयो नाकावन्दीको विषयमा पनि वोल्न नसक्ने अनि तराई मधेसको चित्कार दुख पनि नसुन्ने । सरकार र राज्य संन्चालकहरुसँग दक्षता र क्षमताको अभावका कारण मुलुकले दुख पाईरहेको उहाँले वताउनुभयो । सरकारको कमजोरीमा मिडियाले वोल्नुपर्ने र यसरी वोल्दा मिडिया र सरकारको पनि सधै झगडा भईराख्ने वताउदै सिद्धान्ततह विमति रहेपनि मुलुकको स्वार्थमा सवै पक्ष लाग्नुपर्ने उहाँको सुझाव छ । 
 
कार्यक्रममा वोल्दै महासंघ मध्यमान्चल पूर्व उपसभापति गंगाधर पराजुलीले नेपालमा मिडियाले भौतिक र पेशागत असुरक्षा वेहोरिरहेको वताउनुभयो । पत्रकारहरुले समाचार लेखेको भरमा मरिने र अपहरणमा पर्ने अवस्था एकातिर छ भने अर्कोतिर यस्तो जोखिममा खटेर काम गर्दा पनि आफ्नै संस्थाबाट पारिश्रामिक लगायतका सुविधाको शोसनमा पर्ने गरेको अवस्थाको वारेमा जानकारी गराउनुभयो । 
 
उक्त अन्तक्रियामा सरकारको प्रतिनिधित्व गर्ने महावाणिज्य दुतावास न्युयोर्कका महावाणिज्यदुत नारायण प्रसाद मैनाली, एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाड, आदिवासी जनदाती महासंघका उपाध्यक्ष मंगलदास श्रेष्ठ, सिन्धुवेयलफेयर सोसाईटीका अध्यक्ष वंशलाल तामाड सहभागि थिए । साथै सो अन्तरक्रियामा वुद्धिजीवी डा तारा निरौला, एनआरएन आईसिसी प्रतिनिधि नविन शेरचन, सुनिता शर्मा, अमेरिकाका उपाध्यक्ष वन्दना कोईराला लगायत संचारकर्मीहरुको उपश्थिति रहेको थियो ।
 
नेजाका महासचिव भोला आचार्यको सभापतित्वमा सम्पन्न सो अन्तक्रिया कार्यक्रमलाई नेजाका क्षेत्रिय उपाध्यक्ष भुपेन्द्र थापाले सन्चालन गर्नुभएको थियो भने निवर्नमान अध्यक्ष आडछिरिड शेर्पाले स्वागत मन्तव्य दिनुभएको थियो ।