मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेस केन्द्रीय समिति बैठक सुरु–महाधिवेशन तयारी सम्बन्धमा छलफल

काँग्रेस केन्द्रीय समिति बैठक सुरु–महाधिवेशन तयारी सम्बन्धमा छलफल


काठमाडौँ, १ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि सुरु भएको छ ।
 
पार्टीको आशन्न १३ औँ महाधिवेशनको तयारी सम्बन्धमा छलफल गर्न काँग्रेसले केन्द्रीय समिति बोलाएको हो ।
 
आजको बैठकमा मूलतः महाधिवेशन तयारीका लागि गठन गरिएका समितिले गरेका विभिन्न कामको समीक्षा, पार्टीको विधान संशोधनलगायतका विषयमा छलफल हुनेछ । 
 
बैठकको प्रारम्भमा केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता वितरण छानबिन समितिको प्रतिवेदनमाथि छलफल सुरु भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो । 
 
व्यवस्थापिका–संसदको ठूलो दल काँग्रेसले संसदमा मङगलबार पेस भएको भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक र संविधान संशोधन विधयकलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा पनि केन्द्रीय समितिमा परामर्श गर्नेछ ।
 
मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सरकारका कामकारबाही तथा मधेश–तराईमा जारी आन्दोलनलगायतबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
 
बैैठकमा महाधिवेशनको तयारी र मुलुकको वर्तमान परिस्थितिबारे छलफल भइरहेको काँग्रेसका मुख्यसचिव ऋषिकेश तिवारीले जानकारी दिनुभयो ।
 
 काँग्रेसको १३ औँ महाधिवेशन फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुदँैछ । रासस