मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनआरएन अमेरिकाद्वारा नेपालका विभिन्न अस्पातलहरुमा औषधीकोलागी $६०,७०८ सङ्कलन

एनआरएन अमेरिकाद्वारा नेपालका विभिन्न अस्पातलहरुमा औषधीकोलागी $६०,७०८ सङ्कलन


न्यु योर्क, मातृभूमि नेपालमा भई रहेको अघोषित नाकाबन्दीको कारण थुप्रै अभावहरु सँग यतिखेर देश पिल्सिरहेको अवस्थामा गैर आवासीय नेपाली सङ्घले विभिन्न अस्पतालहरुमा औषधि उपलब्ध गराउँदै आएको छ । यसै क्रममा गैर आवासीय नेपाली सङ्घ,राष्ट्रिय समन्वय परिषद,अमेरिकाले एक फण्ड रेजिङ कार्यक्रम सम्पन्न गरेको छ । गैर आवासीय नेपाली सङ्घ, अन्तराष्ट्रीय समन्वय परिषदको निर्देशनलाई मध्य नजर गर्दै मातृभूमिमा औषधि अभावमा रहेका अस्पतालहरुमा औषधि उपलब्ध गराउन सहयोग गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको हो । 
 
उक्त कार्यक्रममा उत्तर अमेरिकाका क्षेत्रीय संयोजक सोनाम लामाले देशमा परेको अभावमा गैर आवासीय नेपाली सङ्घले सहयोग गर्ने उद्देश्यले यस्तो कार्यक्रम थुप्रै देशहरूमा सञ्चालन भई रहेको र हामी अमेरिकामा बस्ने नेपालीहरूले पनि गर्नु पर्ने भएको हुँदा यो कार्यक्रम राखिएको र सहयोग गर्न अनुरोध गर्नु भएको थियो । त्यस्तै गरेर उत्तर अमेरिकाका उप क्षेत्रीय संयोजक ए सी शेर्पाले यत्तिखेर हामीले जति सक्छौँ देशलाई सहयोग गर्नु पर्ने र हाम्रो थोरै सहयोगले पनि ठुलो मद्दत पुग्ने कुरा बनाउनु भयो । गैर आवासीय नेपाली सङ्घ,अन्तराष्ट्रीय समन्वय परिषदका सदस्य खगेन्द्र क्षेत्रीले उपस्थित भारतीय मूलका र पाकिस्तानी मूलका सहयोगीहरुलाई धन्यवाद दिनुभयो र यसरी एक छिमेकी देशलाई अर्को छिमेकी देशलाई सहयोग गर्नु सह्रानीय कार्य भएको करा बनाउनु भयो । सोही कार्यक्रममा प्रवासी नेपाली एकता समाज, अमेरिकाका अध्यक्ष विदुर विष्टलाई महा भूकम्प पछि स्वयम् सेवक भएर नेपाल गई सहयोग जुटाउने कार्यमा भूमिका निर्वाह गरेको कार्यको सम्मान सहित सम्मान पत्र समेत प्रदान गरिएको थियो र वहाँले आफू घाइते भएको  घटना समेत कार्यक्रममा स्मरण गराउनु भयो । 
 
सो कार्यक्रममा भारतीय मूलका र पाकिस्तानी मूलका लगायत विभिन्न सङ्घ संस्थाका पदाधिकारी, प्रतिनिधि, पत्रकार, कलाकार, व्यवसायी, कानुनवीद र बुद्धिजीवी वर्गको उपस्थिति रहेको थियो । कार्यक्रममा कन्सुलेट जनरल नेपाल, न्युयोर्कका महा वाणिज्यदूत नारायण प्रसाद मैनाली, उप वाणिज्य दूत प्रवीण भट्टराई र कृषु क्षेत्रीको पनि समुपस्थिति रहेको थियो । सो फण्ड रेजिङ कार्यक्रममा $६०,७०८ अमेरिकी डलर सङ्कलन भएको छ । कार्यक्रमको अन्त्यमा गैर आवासीय नेपाली सङ्घ,राष्ट्रिय समन्वय परिषद,अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले उपस्थित सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिँदै सङ्कलन भएको रकमलाई जुन उद्देश्यले सङ्कलन गरिएको हो सोही कार्यका लागि लगाईने वचन दिनु भयो र अझै पनि यस्ता खालका कार्यक्रमहरू सबै एनआरएन च्याप्टरहरुमा समेत क्रमश: गर्दै लैजाने निर्णय भई सकेको जानकारी गराउनु भयो । कार्यक्रम गैर आवासीय नेपाली सङ्घ,राष्ट्रिय समन्वय परिषद,अमेरिकाका महा सचिव तिलक श्रेष्ठले सञ्चालन गरेका थिए । 
 
ठुलो रकम दिनेहरुमा सोनाम लामा $१००००(दस हजार) एसी सेर्पा सलाका $५०००(पाच हजार), डा. एलिसन शेर्पा $५०००(पाच हजार), खगेन्द्र जिसी $४०००(चार हजार), डा. केशव पौडेल $२५००(दुई हजार पाच सय) हुनुहुन्छ ।