मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पशुअधिकारवादीको विरोधपछि हात्ती दौडको स्वरप परिवर्तन

पशुअधिकारवादीको विरोधपछि हात्ती दौडको स्वरप परिवर्तन


चितवन, २९ मंसिर । चितवन हात्ती महोत्सवअन्तर्गत हरेक वर्ष हुने हात्ती दौड प्रतियोगिताको आयोजकले स्वरुप परिवर्तन गरेको छ ।

पशु अधिकारकर्मीहरुले हात्ती दौड बन्द गर्न दबाब दिएपछि आयोजक क्षेत्रीय होटल संघ सौराहाले हात्ती दौडलाई परिमार्जन गरी यसपटक ‘हात्ती वाक’ प्रतियोगिता गराउने जानकारी दिएको छ । हात्तीको अधिकारका कुराहरु उठ्न थालेपछि गत वर्ष एकतर्फीमात्र हात्ती दौडाइएको थियो । प्रतियोगिताको तयारीको बारेमा सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

Advertisement

आयोजकले हात्ती महोत्सवको तयारी तीव्र पारेको छ । भूकम्प र नाकाबन्दीपछि सुस्ताएको पर्यटनलाई उकास्न पुष ११ गतेदेखि १५ गतेसम्म महोत्सव आयोजना गरिएको आयोजक क्षेत्रीय होटल संघका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्टले जानकारी दिए ।

यसवर्ष नाकाबन्दीलगायतका कारणले सौराहामा पर्यटक सुनसान भएका बेला महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको उनले बताए । हात्ती महोत्सवमा हात्तीका छावाबीचको फुटबल रोमाञ्चक हुने आयोजकले जनाएको छ । महोत्सवमा हात्ती वाकसँगै हात्तीको पिकनिक कार्यक्रमसमेत मुख्य आकर्षण रहने छ ।

महोत्सवअन्तर्गत हुने हात्ती दौड प्रतियोगितालाई परिमार्जन गरी यसपटक इलाफेन्ट वाकको रुपमा आयोजना गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक सुमन घिमिरेले जानकारी दिए । महोत्सवको हात्ती वाकमा विदेशी र स्वदेशी २० वटा समूहको सहभागिता रहने संयोजक घिमिरेले बताए ।

हात्ती महोत्सवमा हात्ती दौडका साथै हात्तीसँग सम्बन्धित विभिन्न रोचक खेलहरु आयोजना गरिने छ । महोत्सवअन्र्तगत हात्ती सुन्दरी प्रतियोगिता, डुंगा दौड, टाँगा दौड, गाडा दौडलगायतका कार्यक्रमसमेत आयोजना गरिने संघका अध्यक्ष विष्टले जानकारी दिए । पाँच दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ ।

शेयर गर्नुहोस:

0
Shares