मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चिसो बढेपछि विद्यालय दुई महिना बन्द

चिसो बढेपछि विद्यालय दुई महिना बन्द


मुस्ताङ, २७ मङ्सिर । हिमाली जिल्ला मुस्ताङमा चिसो बढेसँंगै विद्यालयहरूले पठनपाठन बन्द गराएका छन् । 
 
उपल्लो मुस्ताङका छ गाविसमा सञ्चालित विद्यालयले भने कास्कीको विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरिरहेका छन् । चिसोसँगै विद्यार्थी विद्यालय जान र अध्ययन गर्न नसक्ने अवस्था सिर्जना हुन थालेपछि यही मङ्सिर २५ गतेदेखि जिल्लाभर सञ्चालित विद्यालयको पठनपाठन बन्द भएको जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार, पुस र माघ महिना पठनपाठन नहुने गरी विद्यालय बन्द भएका हुन् । 
 
पछिल्लो एक हप्तामा जिल्लामा अत्यधिक चिसो बढेको छ । सदरमुकाम जोमसोम लगायत क्षेत्रमा सर्वसाधारण आगो तापेर बस्न बाध्य भइरहेका छन् । “यस्तो अवस्थामा विद्यालय सञ्चालन गर्न कठिन छ, हरेक वर्ष हामीले दुई महिना हिउँदे बिदा दिने गरेका छौँ”, न्यौपानेले भन्नुभयो । रासस