मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली समाज टेक्ससमा अध्यक्ष पदमा कृष्ण लामिछानेव्दारा उम्मेदवारी किन ?

नेपाली समाज टेक्ससमा अध्यक्ष पदमा कृष्ण लामिछानेव्दारा उम्मेदवारी किन ?


नेपाली भाषा, कला र संस्कृतिको उत्थान तथा नेपालीहरुका पिरमार्काहरुको समाधानकालागि नेपाली बिच भाईचाराको सम्वन्ध स्थापित गर्न परदेशी भूमीमा स्थापित संस्था मध्ये नेपाली समाज टेक्सस एक सामाजिक संस्था हो । नेपाली दाजुभाई दिदीबहिनीहरुको साझा संस्थाको रुपमा स्थापित यो सामाजिक संस्थाले एक-आपसमा दु:ख सुखमा साथ दिंदै ड्यालस फोर्थवर्थमा आई बसोवास गर्ने समाजका सदस्यहरुलाई नयाँ ठाउँमा समान्जस्यता स्थापित गराउन आवस्यक सहयोग गर्ने मुल दायित्वका साथै समाजका सदस्यहरुवाट गच्छे अनुसार संकलित सहयोगवाट जम्मा भएको सुको मोहरले नेपालका गरिव वस्तीहरु सम्म पुग्ने माहान संकल्प बोकेको उक्त संस्थाको आगामी डिसेम्वर २० तारिखका दिन हुन गैरहेको अध्यक्ष पदमा लामो समय देखि समाजसेवामा लाग्नु भएका समाजसेवी कृष्ण लामिछानेले उम्मेदवारी दर्ता गरेका छन ।
 
समाजका हरेक गतिविधिहरुमा सहजकर्ताको भुमिका निर्बाह गर्दै बहु-सँस्कृतिको धनी हाम्रो समाजलाई एकताको सुत्रमा बाँध्ने बिभिन्न गतिविधिहरुमा सक्रिय रहँदै निस्वार्थ भावले कुनै पनि उच्चतहमा नरहि निरन्तर सेवा गरेको बताउनु हुने लामिछाने बिगतको समितिले गरेका कामहरुमा आमनेपाली समुदायको सक्रियता वढाउन अझै थप योगदान पुरयाउने वताउनदै यस संस्थाको सेवामा बिगतमा गरेका कामहरु र भावि मेरा प्रतिवध्दताहरूलाई बुँदागत रुपमा निम्नानुसार उल्लेख गर्नु हुन्छ ।  
    
ड्यालासमा मेरो विगत ?   
बिगतमा २००४ देखि यस समाजको कुनै पनि महत्वपुर्ण पदमा नरहेर पनि हरेक गतिविधिमा पदीय दायित्व बहन गरेका मित्रहरुसंगै काँधमा काँध मिलाएर  अग्रस्थानमा रहि कदममा कदमको सहयोगी बनि समाजका प्रतेक काममा सक्रिय सहभागिता गरेको ।
 
नेपालमा आउने हरेक दैवी विपत्ति लगायत बिनासकारी भुकम्पवाट पिडितहरुका लागि राहत संकलनमा सक्रिय सहभागी भएको र समाजले  नेपालमा पठाएको दोस्रो टोलीको नेतृत्व लिई नेपालका दुर्गम गाउँ-गाउँहरुमा पुगेर आफ्नै खर्चले सहयोगहरु र राहत बितरण गरेको ।
 
गोर्खा जिल्ला लगातय नेपालका दूरदराजमा रहेका स्कुल लगायतका संघसंस्थाहरुलाई सहयोग गरेको ।
 
नेपाली बालबालीकाहरुले नेपाली संस्कार, भाषा, भेषभूषा र पहिचानलाई आत्मसात गराउन २००८ देखि नेपाली स्कुलको स्थापना गर्न अग्रणी भुमिका निर्वाह गरेको ।
 
नेपालमा आर्थिक रुपले असक्षम एवम् असहाय समुदाय र व्यक्तिलाई सहयोग गर्न टेक्सास नेपाल परोपकार समिति मार्फत सहयोग गरेको ।
 
NST को विधान संसोधन समितिमा बसेर महत्वपूर्ण भुमिका निर्वाह गरेको ।
 
 
  मेरो भावि मार्गदिशा
सम्पुर्ण नेपालीहरुलाई यस समाजमा संलग्न गराई सवैको साझा संस्थाको रुपमा विकसित गराउँदै संस्थालाई जिउँदो र मर्दापर्दाको सहयोगी साथी संस्थाको रुपमा विकसित गराउने ।
 
नेपाली मन्दिरलाई संस्कार र नेपाली पहिचानको केन्द्रको रुपमा बिकासित गराउँदै लैजाने ।
 
नेपालवाट वा अन्य राज्यवाट ड्यालासमा बसोवास गर्न आएका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई समाजमा स्थापित गर्न सहयोगी कार्यक्रम जस्तै रोजगारी खोज्ने, तालिमको व्यवस्था गर्ने, ड्राईभिङ कक्षा संचालन जस्ता सहयोगी कार्यक्रम संचालनमा ल्याउने ।
 
नेपाली समाजलाई स्थानीय सरकार र स्टेट गभर्मेन्टबाट सक्दो सहयोग उपल्व्ध गराई नेपालीहरुको समग्र भाषा संस्कृतिको र कलाको जगेर्ना गर्दै ड्यालासको नमूना संस्थाको रुपमा विकसित गर्ने ।
 
नेपाली समाजका अगुवा समाजसेवी र भावीपुस्ताका कर्णाधारहरुलाई स्थानीय तहको नेतृत्वको लागि अग्रसरता लिन सक्षम बनाउन आवस्यक सहयोगि संस्थाको रुपमा भुमिका निर्वाह गर्न भरमग्दुर सहयोग गर्ने ।
 
संस्थाका हरेक कामहरुलाई पारदर्शी रुपमा प्रतेक सदस्य समक्ष प्रस्तुत गर्ने ।
 
हामी नेपालीहरु कला र संस्कृतिका धनि छौ । बिबिधता  हाम्रो पहिचान हो र यो पहिचानको जगेर्ना गर्दै समाजका हरेक गतिविधिहरुलाई आम समुदाय समक्ष पुरयाउने र समाजका धरोहर वालबालिकाहरुलाई नेपालको ईतिहास, कला र संस्कृतिले परिपोषित गर्न आफ्नो अभियानमा सवै अग्रज साथिभाईहरुले मलाई सहयोग गर्ने बताउँदै आफु जहिले पनि सहमति र सहकार्यका बिश्वास गर्ने भएकोले सवैको समर्थन आफुलाई रहने वताउनु भयो ।