अमेरिका, २ डिसेम्बर / क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा ४ डिसेम्बर २०१५ दिउसो दुई देखि साँझ पाँच बजेसम्म नेपालीहरूले भारतीय अघोषित नाकाबन्दीको विरोधस्वरूप शान्तिपूर्ण प्रदर्शन तथा भारतीय कन्सुलेटको कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । कार्यक्रम Civic Center/UN Plaza BART Station ( 1150 Market St, San Francisco, CA 94102) मा हुन् गइरहेको छ । क्यालिफोर्नियामा क्रियाशील सबै सङ्घ-संस्थाहरू मिलेर गर्न गइरहेको कार्यक्रममा सेक्रेमन्टो, सानफ्रान्सिस्को लगायत साउदर्न क्यालिफोर्नियाको लस एन्जल्समा बसोबास गर्ने नेपालीहरू विरोध सभामा भाग लिन जाने तयारीमा रहेका छन् ।
कार्यक्रम भब्यरुपमा ब्यबस्थितरुपमा सम्पन्न गर्नको लागि आयोजकहरुले विभिन्न चरणको छलफल गरी व्यापक तयारी गरेका छन् । एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष रामबाबु पाण्डेले साउदर्न क्यालिफोर्नियाबाट प्रदर्शनमा भाग लिन जाने इच्छुकहरुलाई सम्पर्क गर्नको लागि अनुरोध गर्नु भएको छ ।
नेपालमा भारतले गरेको अघोषित नाकाबन्दीको विरोध प्रदर्शन गर्ने कार्यक्रममा उपस्थित हुनको लागि सम्पूर्ण महानुभावहरुलाई आयोजकहरुले उपस्थितिको लागि अनुरोध गरेका छन् ।
प्रतिक्रिया