हिमालय खवर संवाददाता
नेपाली सोसाइटी टेक्सासको (एनएसटी) आगामी नेतृत्वका लागि कृष्ण लामिछानेले मंगलवार अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । अन्य केही पदमा पनि उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
आगामी डिसेम्बर २० का लागि हुने निर्वाचनका लागि डिसेम्बर १३ सम्म उम्मेदवार गर्दा गर्ने समय तोकिएको छ ।
सन् १९९८ मा स्थापना भएको एनएसटीको सदश्यताका लागि डिसेम्वर १२ सम्म दर्ता गर्नु पर्ने समय तोकिएको छ । अहिलेसम्म निकै थोरै संख्यामा मात्र सदश्यता दर्ता भएको छ । नियमानुसार डिसेम्बर १२ सम्म सदश्यता दर्ता गर्नेले मात्र निर्वाचनमा मतदान गर्न सक्छन् ।
एनएसटीले टेक्सासमा बसोवास गर्ने सवैलाई समयमै सदश्यता लिन आग्रह गरेको छ । मतदानका लागि टेक्सासको परिचय पद अनिवार्य हुन्छ ।
आफ्नो उम्मेदवारी दर्ता पछि लामिछानेले नेपाली समुदायको हकहितमा काम गर्दै आएको एनएसटीलाई अझ बृहत्तर वनाउन आफुले उम्मेदवारी दिएको वताए । सन् २००४ देखि डलासमा वस्दै आएका लामिछानेले एनएसटी मार्फत यहांका स्थानिय निकायले लिने ड्राइभिगं परिक्षा लगायत अन्य क्षेत्रमा पनि नेपाली भाषामा परिक्षा दिन पाउने व्यवस्थाका लागि पहल गर्ने वताए ।
म सन् २००४ यता लगातार नेपाली समुदायको हक हितका लािग काम गरिरहेको छु नेपालमा पनि विभिन्न समाजिक सेवा गर्दै आएको छु त्यसैले मैले आफुलाई नेतृत्वका लागि योग्य देखेको हुं लामिछानेले भने ।
टेक्सासमा नेपालीको संख्या झण्डै ३० हजार रहेको अनुमान छ । यहां व्यवसाय गर्ने व्यवसायीहरु पनि वढिरहेका छन् । ग्यांस स्टेशसन, रियल स्टेट लगायतका क्षेत्रमा नेपालको लगानी पनि वढीरहेको छ ।
एनएसटीको निर्वाचन एनएसटी भवन अगिभं डलासमा हुने कार्यक्रम छ । एनएसटीको सदश्यता लिन यस लिंकमा क्लिक गर्न सकिन्छ ।
प्रतिक्रिया