मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विश्वशान्तिको कामना गर्दै १०८ भागवत कथा

विश्वशान्तिको कामना गर्दै १०८ भागवत कथा


काठमाडौँ, १२ मङ्सिर । विश्व शान्ति र कल्याणका लागि स्थानीयस्तरबाट सहयोग पु¥याउने उद्देश्यले धोबीखोला किनारको सेतोपुलस्थित रुद्रविनायक मन्दिर परिसरमा श्रीमद्भागवत सप्ताह कथा सुरु भएको छ ।
 
विश्वशान्ति अभियान नेपालको आयोजनामा शुक्रबारबाट सुरु गरिएको कथा मङ्सिर १९ गतेसम्म सञ्चालन हुनेछ । “आनन्द, सुख र शान्तिका लागि भागवतसँगै योग,” भन्ने मूल नाराका साथ स्थापना भएको अभियानले विश्वशान्तिको कामनाका लागि १०८ स्थानमा गर्ने भागवत कथामध्ये यो दोस्रो भएको अध्यक्ष भागवतकिङ्कर मुरलीधर पोखरेलले बताउनुभयो ।
 
“विश्वशान्ति स्थापनाका लागि व्यक्तिबाट सुरु गरिनुपर्छ र त्यसको पहिलो लक्ष्य स्थानीयस्तर हुनुपर्छ, यही मान्यताका आधारमा १०८ भागवत आध्यात्मिक जागरणबाट भौतिक समुन्नतिका लागि यो अभियान चलाइएको हो,”उहाँले भन्नुभयो ।
 
अभियानको पहिलो कार्यक्रम बुढानीलकण्ठ नगरपालिकाको कपनस्थित नेपाल चार्टर प्राथमिक विद्यालयको सहयोगार्थ कथा वाचन गरेर सुरु गरिएको थियो । 
 
यज्ञमा वातावरण शुद्धिको कामनाले दैनिक हवन गरिनेछ ।
 
कथा कार्यक्रमको आज उद्घाटन गर्दै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले विश्वशान्ति र कल्याण स्थापनाका लागि प्रत्येक स्थलमा यस्ता आध्यात्मिक कार्यक्रम गरिनु पर्ने धारणा राख्नु भयो ।
 
अध्यक्ष पोखरेलले नै कथावाचन गर्नुहुने यज्ञबाट उठेको सहयोगले रुद्रविनायक मन्दिरको भाौतिक संरचना विस्तार गर्ने लक्ष्य राखिएको छ । रासस