मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्ससमा नेपाली जनसम्पर्क समितिको भव्य कार्यक्रम हुँदै

टेक्ससमा नेपाली जनसम्पर्क समितिको भव्य कार्यक्रम हुँदै


टेक्सस । नेपाली काँग्रेसका केन्द्रीय नेता डा. शशांक कोइराला शुक्रबार अमेरिकाको टेक्सासमा आइपुग्दै हुनुहुन्छ । 
 
नेपाली जनसम्पर्क समितिको कार्यक्रममा भाग लिन नेता कोइराला टेक्सस आउन लाग्नुभएको हो । जनसम्पर्क समिति वेस्ट टेक्ससले शनिबार टेक्सासको ड्यालसमा बिचार गोष्ठीको आयोजना गरेको छ । त्यसका लागि नेता कोइराला शुक्रबार नै ड्यालस आइपुग्नुहुने जनसम्पर्क समिति वेस्ट टेक्सस च्याप्टरका अध्यक्ष हरिबोल भण्डारीले जानकारी दिनुभयो । डा. कोइराला जननेता विपी कोइरालाको सुपुत्र समेत हुनुहुन्छ । कार्यक्रममा भाग लिन नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य दीपक गिरी पनि टेक्सस आउँदै हुनुहुन्छ । 
 
शनिबार दिउँसो १ बजेबाट सुरु हुने बिचार गोष्ठीमा नेपालको नयाँ संविधान कार्यान्वयनका चुनौती र अवसर लगायतका विषयमा छलफल हुँदैछ । यसैगरी, भर्खरै नेपालमा गएको विनाशकारी भूकम्पमा परी क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणका लागि सहकार्य गर्न शनिबार शुभकामना रात्री भोजको पनि आयोजना गरेको छ । 
 
कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । कार्यक्रममा अमेरिकाको विभिन्न राज्यमा रहेका नेपालीहरुको समेत सहभागिता रहने बताइएको छ । बिभिन्न राज्यबाट आउने सहभागीलाई वेस्टइन होटलमा व्यवस्था गरिएको छ ।