हिमालय खबर संबाददाता ।
२२ नोभेम्वर २०१५, अमेरिका, ड्यालसमा । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ड्यालस, टेक्सास शाखाको आयोजनामा संचालन भएको १०६औं लक्ष्मी जयन्ती कार्यक्रम समाजका अध्यक्ष बासु शर्माको सभापतित्वमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको सुरुआत गर्दै समाजका पूर्व अध्यक्ष भीम कार्कीले सवै अतिथीहरुको स्वागत गरेको उक्त कार्यक्रमको संचालन समाजका सदस्य निर्मला राईले गर्नु भएको थियो ।
कार्यक्रममा कपिल अधिकारीले महाकवि देवकोटाको पागल कबिताको बाचन गर्दै सबै सहभागी कबि तथा श्रोताहरुलाई स्वागत गर्नुका साथै सुमन कार्कीले देवकोटाका बिभिन्न कृतिहरुकाबारेमा चर्चा गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रदीप गिरीले देवकोटाको पागल कविताको वाचन गर्नुका साथै ज्ञानेश्वर अमात्यवाट देवकोटाका विभिन्न कृतिहरुको चर्चागरि मिठो स्वरमा गीतिलयमा कबिताहरु बाचन गरि सबैलाई मनोरंजन प्रदान गर्नु भएको थियो ।
लक्ष्मी जयन्तीको अवसरमा संचालन गरिदै आएको प्रतियोगात्मक कविगोष्ठी संचालनको निर्णायक मंडलमा ज्ञानेश्वर अमात्य, भीम कार्की र बाशु भण्डारीले गर्नु भएको उक्त कर्यक्रममा हरेक वर्ष झैं यस बर्ष पनि लक्ष्मी जयन्तीको अवसरमा समाजसेवी गौरीजोशीका तर्फवाट स्थापित पुष्पराज भुपकुमारी साहित्य पुरुस्कारको रकम प्रथम, दोस्रो, तृतीय कविहरुलाई क्रमस: ३००, २०० र १०० अमेरीकी डलर वितरण गरिएको थियो ।
कार्यक्रममा करिब दुई दर्जन कवि, कबियत्रीहरुले नेपालको राष्ट्रियता र बर्तवान परिवेशलाई समेटेर भीम कार्की, वाशु शर्मा, बलायर प्रत्याशी, कृष्ण खनाल, धनन्जय ढकाल, लिला श्रेष्ठ, अजित पोख्रेल, सुवास ढकाल, नरेन्द्र ईङनाम, डा. नन्द रेग्मी, नेत्र आचार्य, यदुनाथ अधिकारी, विप्लव वि.सी. लगायत कविहरुले बिभिन्न प्रतियोगी एवम् अप्रतियोगी कबिताहरु कटाक्ष रुपमा प्रस्तुत गरिएका थिए ।
प्रतियोगीतामा बलायर “प्रत्याशी” प्रथम, शुस्मिता पोख्रेल दोस्रो, र डा.प्रेम अधिकारी एवम् सुमन कार्की तृतीय हुनु भएको थियो । उक्त कार्यक्रममा वाशु शर्माले सभाको अन्यमा देवकोटाको बहुआयामिक चर्चागर्नुका साथै प्रतियोगी कविहरुलाई पुरुस्कार वितरण गर्नु भएको थियो भने प्रमुख अतिथी सावित्री आचार्यले नेपालको भुकम्पको त्रासदीको झझल्को दिने कबिता प्रस्तुत गर्नु भएको थियो ।











प्रतिक्रिया