मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतीय नाकाबन्दी बिरुद्ध व्हाइट हाउस अगाडी मानव सागर उर्लियो ( भिडियो सहित )

भारतीय नाकाबन्दी बिरुद्ध व्हाइट हाउस अगाडी मानव सागर उर्लियो ( भिडियो सहित )


भारतले नेपाल र भारतबीचको व्यापार तथा पारवहन अवरुद्ध गरेर मानवीय संकट सिर्जना भएको अवस्था बारे अमेरिका लगायत अन्तर्राष्ट्रीय समुदायको ध्यानाकर्षण गराउने र अन्यायपूर्ण आर्थिक नाकावन्दी अन्त्य गर्न दवाव दिने मुख्य उदेश्यले अमेरिकामा रहेका संघ तथा संस्थाको सयुक्त पहलमा ह्वाइट हाउस अगाडी व्यापक बिरोध प्रदर्शन गरेका छन l

1

भारतले गरेको अमानवीय ब्यबहार प्रति बिरोध प्रदर्शन गर्दै हजारौको संख्यामा अमेरिकाका दुई दर्जन भन्दा ज्यादा राज्यहरुबाट नेपालीहरु वाशिंगटन डिसी डिसीमा एकत्रित भै भारत बिरुद्ध नाराबाजी गरेका छन् l

टाडा टाडा बाट आई पुगेका नेपालीहरुले नेपाली झन्डा ,भाद गाउले नेपाली टोपी ,बिरोध जनाउने गरि कालो कपडा ,कालो चस्मा ,कालो कोट ,कालो जुत्ता तथा कालो पोशकमा जुलुसमा सहभागी हुदै तुल ,झन्डा र बिभिन्न नारा लेखेका सामग्री सहित व्हाइट हाउस अगाडी वरपर जुलुसले परिक्रमा गरेको छ l यसको साथै नेपाली राष्ट्रिय गान तथा राष्ट्रिय गीतहरू समेत बजाइएको थियो l

IMG_5341

अमेरिकामा बसोबास गर्ने नेपालीहरु बिच ईतिहास मै पहिलो पटक यसरि एकबद्ध ,गोलबद्ध ,संघ /संस्थाहरु एक ढिक्का भै कार्यक्रमलाई अत्यधिक सफल बनाएका छन् l नेपालीहरु बिच यस्तो एकता अमेरिका भर कहिले पनि देखिएको थिएन l चिसो मौसमलाई बेवास्ता गर्दै भोकै प्यासै रहेर भए पनि भारतले गरेको नाकाबन्दी बिरुद्ध मानव सागर उर्लिएको छ l

नाकाबन्दी बिरुद्ध बिहान ११ः३० बजे देखि दिउँसो ३ बजे सम्म लाफायत पार्क (ह्वाईट हाउस अगाडि) विशाल प्रदर्शन गरिएको छ l

IMG_5027

बिरोध प्रदर्शनीलाई व्यापक ,सहभागिता मुलक तथा सशक्त बनाउन अमेरिका भरि रहेका संघ संस्थाका पदाधिकारी ,ब्यबसायी, बुद्धिजीवी , बिद्यार्थी, विभिन्न पेसामा संलग्न व्यक्तिहरु,साहित्यकार, शिक्षक, खेलाडी ,वकिल ,कलाकार ,महिला, पुरुष ,बृद्ध /बृद्धा, बाल बालिका, प्राध्यापक ,पत्रकार तथा सबै पेसाका नेपाली समुदायको अभूतपूर्व उपस्थिति रहेको थियो l

IMG_5318

झन्डै ५० प्रकारका बिरोध जनाउने प्रचार तथा प्रसार सामग्री ,तुल /झन्डा जुलुसका सहभागीले नारा लगाउदै हिडेका थिए भने उक्त बिरोध जुलुस प्रदर्शनमा अंग्रेजी तथा नेपाली दुवै भाषामा लेखिएको नाराहरु व्हाइट हाउस नै थर्किने गरि आवाज निकाली एको थियो l

नेपाललाई नाकाबन्द, भारतको आँखा बन्द, मित्रताको हात रुक्दैन, तर नेपाली स्वाभिमान झुक्दैन ,नेपाल फुटाउन गार्हो छ, जातिय सद्भाव प्यारो छ ,बुझी राख दिल्लीका नवाब, नेपालमा काम गर्दैन तिम्रो दबाव तथा मानो तेल पाथी होइन, नाकाबन्दी गर्ने साथी होइन जस्ता तुल तथा झन्डा द्वारा प्रदर्शन गर्दै बिरोध गर्दै नारा लगाएका थिए l

IMG_5301

भारतीय नाकाबन्दी बिरुद्ध गठन भएको डिसी विरोध एकता योजना समितिले आयोजना गएको बिरोध कार्यक्रममा समितिका केहि सदस्यले भारतले गरेको अघोषित नाकाबन्दी बिरुद्ध मन्तब्य राखेका थिए भने नेपालका चर्चित हास्य कलाकार मनोज गजूरेलले मोदीलाई सन्देश दिनूका साथ राष्ट्रीय गीत समेत गाएका थिए । मन्तव्य राख्दै यो तराईका समस्याको विरोधमा हैन l यसलाई वार्ताको माध्यमबाट आन्तरिक रूपमा नै समाधान गर्नुपर्दछ भन्ने राखेका थिए ।

IMG_5221

यो मानवता विरोधी नाकाबन्दी हो l तेरो र मेरो नभई सबैको साझा कार्यक्रम हो l नाकाबन्दीले हिमाल, पहाड, तराई सबैलाई आक्रान्त बनाएको हुँदा सबैको साझा बिरोध कार्यक्रम भएको मन्तब्य राखेका थिए l

IMG_5132

कार्यक्रममा म्यारिल्याण्ड राज्यका इन्डीएन हेड शहरका उप नगर प्रमुख किरण सिटौलाका पिता कपिल सिटौलाले हिमाल,पहाड मधेस तथा तराईलाई प्रतिनिधित्व हुने गरि बस्त्र लगाएर जुलुसमा नारा लगाउदै हिड्नु भएको थियो l

यसको साथै व्हाइट हाउस , अमेरीकाका राष्ट्रपति ,अमेरिकाका परराष्ट्र मन्त्रि जोन केरी तथा भारतीय राजदुताबासलाई ज्ञापन पत्र बुझाएको छ l

IMG_5038

IMG_4687IMG_4683

IMG_5195

5

IMG_5346IMG_4917IMG_5218IMG_5242IMG_5244IMG_5275IMG_5291IMG_5341

IMG_5133IMG_5078IMG_5109IMG_5129IMG_5071IMG_5205IMG_5176

IMG_5124