मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाबुरामको नयाँ शक्ति समर्थकको भेलामा पुगे उपेन्द्र यादव

बाबुरामको नयाँ शक्ति समर्थकको भेलामा पुगे उपेन्द्र यादव


काठमाडौं । नयाँ शक्ति निर्माण अभियानमा जुटेका पूर्व प्रधानमन्त्री डाबाबुराम भट्टराई समर्थक पूर्व माओवादी नेताहरुको भेला अहिले भइरहेको छ ।

चाबहिलको एक पार्टी प्यालेसमा भेला सुरु भएको छ । भेलाको सभापतित्व रामचन्द्र झाले गरेका छन् भने भट्टराईले ताली बजाएर उद्घाटन गरेका छन् । नयाँ शक्ति निर्माणमा भट्टराईलाई शुभकामना दिन विभिन्न व्यक्तिहरु पुगेका छन् ।

Advertisement
ADVERTISEMENT

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र कांग्रेस नेता प्रदिप गिरी पनि अतिथिका रुपमा छन् । पद्मरत्न तुलाधर, खगेन्द्र संग्रौला, पूर्व सचिव प्रविण मिश्र, चैतन्य सुब्बा, अशोक शर्मा, रविभक्त श्रेष्ठलगायत पनि भट्टराईलाई नयाँ शक्ति निर्माणका लागि शुभकामना दिन उपस्थित भएका छन् ।

सांसद छाया शर्मा, गोपाल दहित, रामकुमारी राई, डा।राजेन्द्र केसी, केशव दाहाललगायत कार्यक्रममा सहभागी छन् ।

शेयर गर्नुहोस:

0
Shares