मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा आप्रवासीमाथि कडाइ गर्ने विधेयक

अमेरिकामा आप्रवासीमाथि कडाइ गर्ने विधेयक


वासिंटन, मंसिर ५ । पेरिस घटनापछि अमेरिकामा आप्रवासीमाथि कडाई गर्ने विधेयक संसदको तल्लो सदनबाट पारित भएको छ । आप्रवासीका लागि पारित भएको नयाँ विधेयकको पक्षमा २८९ सांसदले मतदान गरे भने विपक्षमा १३७ मत पर्‍यो ।
 
विधेयक पारितका लागि डेमोक्रेटिक समर्थक सांसदले विपक्षी दल रिपब्लिकनको समेत साथ पाएका थिए । यद्यपी यो विधेयक संसद्को माथिल्लो सदनबाट भने पारित हुन बाँकी छ ।
 
सिरियाली र इराकी आप्रवासी अमेरिकासहित युरोपियन राष्ट्रमा प्रवेश गर्न थालेका बेला आप्रवासीकै कारण आफ्नो देश असुरक्षित बनेको भन्दै अमेरिकामा आप्रवासीमाथिको नियममा कडाई गर्न लागिएको हो ।
 
यद्यपी अमेरिकी राष्ट्रपति बाराक ओबामा विधेयकको विपक्षमा रहेकाले माथिल्लो सदनबाट पारित हुनेमा केही शंका देखिएको विपक्षी दल रिपब्लिकन सांसदको अनुमान छ ।
नयाँ नियम लागू भएमा अमेरिकामा शरण लिने जो कोही शरणार्थीले आफ्नो विवरण पेश गर्नुपर्ने छ भने उनीहरुले पेश गरेको विवरण अनुसार राष्ट्रका लागि सुरक्षित छ वा छैन भन्ने पहिचान गरिने छ ।
 
पेरिस घटनामा संलग्न अभियुक्त सिरियाली शरणार्थी रहेको र उनी एक महिनाअघि मात्रै ग्रीस हुँदै फ्रान्स प्रवेश गरेका थिए । अमेरिकामा प्रवेश गरेका सिरियाली शरणार्थी मध्ये कति आतंकवादी समूहमा आबद्ध छन् भन्ने खुलासा नभएकाले अमेरिकालाई पनि आतंकवादी आक्रमणको त्रास रहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)