मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

संयुक्त राष्ट्र संघका महासचिव वान कि मुन द्धारा नेपालको नाकावन्दीका वारेमा चिन्ता व्यक्त

संयुक्त राष्ट्र संघका महासचिव वान कि मुन द्धारा नेपालको नाकावन्दीका वारेमा चिन्ता व्यक्त


नोभेम्वर २१, संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नेपालको नाकावन्दीका वारेमा गहिरो चिन्ता व्यक्त गरेका छन । 
 
उहाँका प्रवक्ता मार्फत जारी गरिएको विज्ञप्तिमा भारत र नेपालको सिमानामा देखिएको आवागमन अवरोधमा चिन्ता व्यक्त गरीएको छ । जीवन वचाउन आवश्यक औषधी माथिको अवरोध र तोडफोड घटना र मानवीय सहायताको काममा परिरहेको असरले उहाँ चिन्तित हुनु भएको छ ।
 
मुनले मानविय अत्यावश्यक सर समानको निर्वाद आवागमनका लागी सवै पक्षलाई अवरोध विना विलम्व हटाउन आग्रह गर्नु भएको छ । साथै नेपालको निर्वाध पारवहन अधिकार माथि पनि जोड दिनु भएको छ । उहाँले वार्ता, अहिंसा भेला र प्रर्दशन गर्न पाउने स्वतन्त्रता तथा शान्तिपूर्ण विरोधको सम्मानका लागी जोड दिनुभएको छ ।
 
वानले सवै पक्षलाई असहमति हटाई शान्तिपूर्ण माध्यम सुल्झाउन पनि आग्रह गरेका छन । उहाँले शान्तिपूर्ण र समृद्ध नेपाल वनाउन संयुक्त राष्ट्र संघले सधै मद्दत गर्ने कुरा दोहरायका छन ।
 
एन आर एन अमेरिका द्धारा वानको विज्ञप्तिको स्वागत
यसै विच एन आर एन अमेरिका अध्यक्ष केशव पौडेलले राष्ट्र संघ  महासचिव वान कि मुनको विज्ञप्तिको स्वागत गरेका छन । यस हिमालय खवरका प्रतिनिधि शरद पोखरेल संग कुरा गर्दे उनले यहि नोभेम्वर १७ तारीखका दिन एन आर एन अमेरिकाको विरोध कार्यक्रम स्वरुप आफूहरुले उनलाई नेपालमा भारतीय नाकावन्दीका वारेमा पत्र वुझाएको र तत् पश्चात उक्त पत्रका वारेमा सोधखोज भएको वताए । उनले मानविय संवेदनाको विषयलाई लिएर राष्ट्रसंघिय महासचिव वान द्धारा गरिएको चासोको स्वागत गरेका छन ।
 
यसैविच उनले नेपालको यस मानविय विपत घडिमा अध्यक्ष वानले देखाउनु भएको सदासयता प्रति आभार पनि प्रकट गरेका छन भने नेपालको निवार्ध पारवाहन अधिकार प्रति चासो देखाएकोमा धन्यवाद दिएका छन ।