मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

नेपाली सुन्दरी ‘मिसेस टप अफ द वल्र्ड २०१५’को फोर्थ रनरअप

नेपाली सुन्दरी ‘मिसेस टप अफ द वल्र्ड २०१५’को फोर्थ रनरअप


टर्कीको अन्तालियामा नोभेम्बर १३ देखि १८ सम्म आयोजना भएको ‘मिसेस टप अफ द वल्र्ड २०१५’ प्रतियोगितामा नेपालका तर्फबाट सहभागीता जनाएकी रजनी थापाले ‘फोर्थ रनर अप’को उपाधी जित्न सफल भएकी छिन् ।
 
उनले प्रतियोगिमा ‘मिसेस डायमण्ड टप अफ द वल्र्ड’को अवार्ड पनि जित्न सफल भएकी छिन् ।  ई प्लानेटको आयोजनामा सम्पन्न दोस्रो संस्करणको मिसेस नेपाल प्रतियोगिताकी विजेता रजनी थापाले अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेको यो चौथो अवसर हो ।
 
यो सहित रजनीले चारवटै अवसरमा सफलताको स्वाद चाख्न सफल रहिन् । यसअघि रजनीले ‘मिसेस ग्लोब २०१३’ मा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् ।
उनले ‘मिसेस फिलेन्थ्रोपी’ विधाको अवार्ड जित्न सफल भएकी थिइन् । यसै गरी मिसेस युनिभर्स २०१४ मा ब्युटिफुल लेडीको अवार्ड जितेकी रजनीले मिसेस ग्लोब २०१४मा लिडर अफ द इयरको अवार्ड जित्न सफल भएकी हुन् । ई प्लानेटको संयोजन र सहकार्यमा मिसेस टप अफ द वल्र्डमा सहभागी भएकी रजनी सन् २०१३ देखि सामाजिक संस्था रक्षा नेपालका सद्भावना दूत समेत छिन् ।
 
दुई दर्जन भन्दा बढी विवाहित सुन्दरीहरुको सहभागिता रहेको ‘मिसेस टप अफ द वल्र्ड २०१५’ को उपाधी भने बुल्गेरियाकी गालेना डिमोभाले चुमेकी छिन् । यसैगरी फस्ट रनर अपतर्फ कोलम्बीयाकी माल्का डेनेभिस, अजरवैजानकी तेहेराना बाह्रुजी सेकेन्ड रनर अप तथा साइबेरियाकी नस्तास्जा आभ्याजोभा थर्ड रनर अप विजेता चयन भएकी थिइन् ।साभार:अनलाईन खबर