मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

‘बागमती’ले धेरै कुरा सिकायोः शिव श्रेष्ठ

‘बागमती’ले धेरै कुरा सिकायोः शिव श्रेष्ठ


पुराना नायक शिव श्रेष्ठ धेरै बर्षको अन्तरालपछि चलचित्रमा पुनरागमन गर्दैछन् । उनको अभिनय समेटिएको पछिल्लो चलचित्र ‘बागमती’ रिलिजको क्रममा छ । पौष २४ बाट दर्शकमाझ आउँदै गरेको यो चलचित्रको बारेमा बोल्दै नायक श्रेष्ठले ‘बागमती’बाट आफुले धेरैकुरा सिक्ने मौका पाएको बताएका छन् । दर्जनौं चलचित्रमा अभिनय गरिसकेका श्रेष्ठले आजसम्म खेलेका हरेक चलचित्र भन्दा ‘बागमती’ धेरै उत्कृष्ट बनेको भन्दै दक्षिण भारतिय निर्देशक सन्नि केरलाको खुलेर तारिफ गरे ।
 
‘सन्निजस्तो निर्देशक १५ बर्ष पहिले नेपालमा आईदिएको भए आजको शिव श्रेष्ठ यो स्थानमा नै रहने थिएन, उनले ठोकुवा गर्दै भने, ‘ बागमती रिलिजपछि नेपालका हरेक निर्देशकले यो चलचित्र हेरेर केहि कुरा सिकुन् ।’ चलचित्र बागमतीलाई राष्ट्रको गौरवको रुपमा लिंदै नायक श्रेष्ठले नेपाली भाषा नै नबुझेको मान्छेले यहाँका निर्मातादेखी कलाकारहरुसँग सहकार्य गर्दै तयार गरेको यो चलचित्रले चलचित्र उद्योगको ‘ट्रेण्ड’लाई नै परिवर्तन गरिदिने दाबी गरे ।
 
 नेपालमा धेरै चलचित्र बनेका तथा धेरै निर्देशक जन्मेका भएपनि खासै जम्न नसकेको उदाहरण पेश गर्दै यी सम्पुर्णको भिडमा निर्देशक सन्नि केरला बिल्कुलै फरक मान्छे भन्दै उनलाई राष्ट्रले सम्मान गर्नुपर्ने समेत बताएका छन् ।नयाँ कामको लागी हरेक मान्छे नयाँ रहने भन्दै एक्शन नायक श्रेष्ठले ‘बागमती’लाई आफ्नो कमब्याक चलचित्रको रुपमा धेरैले बुझेपनि आगामी दिनमा यो उद्योगबाट कहिल्यै टाढा नहुने बताए । सामाजिक सन्देश बोकेको ‘बागमती’ हरेक नेपालीले हेर्नैपर्ने भन्दै उनले रिलिजपछि पनि यो चलचित्रको व्यावसायिक पाटोलाई भन्दा पनि बढी यसको विषयबस्तु र प्रस्तुतीकरणलाई नजिकबाट नियाल्न आग्रह समेत गरेका छन् ।