मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाल अमेरिका पत्रकार सङ्घ नेजाद्वारा भारतीय नाकाबन्दीको विरोध

नेपाल अमेरिका पत्रकार सङ्घ नेजाद्वारा भारतीय नाकाबन्दीको विरोध


अमेरिका, १७ नोबेम्बर, भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको नेपाल अमेरिका पत्रकार सङ्घ नेजाले विरोध गरेको छ । सङ्घले आफ्नो फेसबुक पेजको ब्यानरमा “नेपालमा भारतीय नाकाबन्दीको विरोध गरौँ” भन्ने कालो ब्यानर राखेको छ भने आफ्नो वेबपेज(www.neajausa.org)मा समेत सोही ब्यानर राखेर विरोध प्रदर्शन गरेको छ ।
 
सङ्घका अध्यक्ष गौतम दाहालले आज प्रेस-विज्ञप्ति जारी गर्दै मातृभूमि नेपालमा भारतले गरेको अघोषित नाकाबन्दी र अन्य सबैखाले हस्तक्षेपको विरोधमा अमेरिकाबाट हुने सबै खाले प्रदर्शनी र जनसहभागितामा यस नेपाल अमेरिका पत्रकार सङ्घ-नेजाले ऐक्यवद्धता जाहेर गर्ने, नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको पारवहन अधिकार,अन्तर्राष्ट्रिय सन्धी सम्झौता र दुई देश बिचको घनिष्ठ सम्बन्धलाई समेत पूर्ण बेवास्ता गर्दै मानवीय संवेदना विपरीत गएर भारतले नेपालमाथि लगाएको यो नाकाबन्दीको नेजा घोर भर्त्सना गर्दै अन्तर्राष्ट्रिय समुदायको समेत यसमा ध्यानाकर्षण गराउन चाहन्छ भन्नु भएको छ |
 
विज्ञप्तिमा नेजाले भारतलाई आफ्नो यो नाकाबन्दी तत्काल फिर्ता लिएर भू परिवेष्ठित मुलुकको पारवहन सम्बन्धी अधिकार,अन्तर्राष्ट्रिय कानुनको सम्मानका लागि आग्रह गर्दै, सार्वभौम एवं स्वतन्त्र मुलुक नेपालको आन्तरिक मामिलामा भारतको सबैखाले हस्तक्षेपको हामी एकपटक पुन: निन्दा र भर्त्सना गर्दै आज न्यूयोर्कमा हुने विरोध प्रदर्शन र नोभेम्बर २२ तारिख वासिंगटन डिसीमा हुने प्रदर्शनीमा नेजाले पूर्ण ऐक्यवद्धता जनाउदै आफ्ना सबै सदस्य र मिडियाकर्मी साथीहरूलाई सहभागी भै दिन आग्रह समेत गरेको छ |