मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सभापति कोइरालाद्वारा दीपावलीको शुभकामना

सभापति कोइरालाद्वारा दीपावलीको शुभकामना


काठमाडौँ, २५ कात्तिक । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाले हिन्दू नेपालीको दोस्रो महान् चाड दीपावलीको शुभकामना दिनुभएको छ । 
 
कोइरालाले आज विज्ञप्ति जारी गर्दै नेपालीको दोस्रो महान् चाड दीपावली, नेपाल संवत्, छठलगायतका चाडको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । 
 
उहाँले नेपाल बहुसङ्ख्यक, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, मौलिक भेषभूषा भएको मुलुक भएकाले चाडबाडले बन्धुत्व भावसँगै विविधताको बीच एकता कायम हुने विज्ञप्तिमार्फत बताउनुभएको छ । 
 
यस्तै दीपावलीले नयाँ उमङ्ग सिर्जना गरी दिदीबहिनी र दाजुभाइबीचमा मधुर सम्बन्ध विकास गर्ने कामना गर्नुभएको छ । सभापति कोइरालाले तराई मधेसमा भएको आन्दोलन र मित्रराष्ट्र भारतबाट भएको नियन्त्रित आपूर्तिले अभावका बीच चाड मनाउनुपरेको दुःखद् क्षणमा मुस्कुराउँदै आपसी सद्भाव र भ्रातृत्व कायम राख्न सक्ने धैर्यता अपनाउन विज्ञप्तिमार्फत नेपाली जनतालाई आग्रह गर्नुभएको छ । 
 
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससहित व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सबै दल समस्याको समाधान आपसी संवाद, सहमति, सहकार्य, एकता र मेलमिलापको माध्यमबाट गर्न मुलुकलाई निकास दिनुपर्ने बताउनुभएको हो । 
 
“संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा भएको यस घडीमा मुलुकलाई शान्ति स्थायित्व र सम्बृद्धिको मार्गमा लैजान मुलुकका सबै राजनीतिक शक्तिहरु केन्द्रित हुने विश्वास लिएको छु”– विज्ञप्तिमा भनिएको छ । रासस