मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

०४५ सालको नाकाबन्दीबाट पाठ नसिक्दा हाहाकारः मैनाली

०४५ सालको नाकाबन्दीबाट पाठ नसिक्दा हाहाकारः मैनाली


भक्तपुर, २५ कात्तिक । उपप्रधानमन्त्री सिपी मैनालीले २०४५ सालमा भारतले गरेको नाकाबन्दीपछि पनि इन्धनमा भारतसँगै निर्भर हुनु नेपालको भूल भएको बताउनुभएको छ ।

नेकपा (माले) भक्तपुरले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा बधाई ज्ञापन कार्यक्रममा उपप्रधानमन्त्री मैनालीले त्यतिबेला भारतले गरेको नाकाबन्दीबाट पाठ सिकेर आत्मनिर्भर हुन सकेको भए अहिलेको जस्तो हाहाकारको अवस्था आउँदैनथ्यो भन्नुभयो ।

उहाँले नेपाल इन्धनका लागि भारतसँग झुक्न नहुने बताउँदै यसको विकल्प खोजेर आत्मनिर्भर बन्नेतर्फ लाग्नुपर्ने औँल्याउनुभयो । सरकार भारतसँग इन्धन आयातका लागि कूटनीतिक पहल गर्न र चीनतर्फका सबै नाका खोल्न लागि परेको उहाँको भनाइ थियो ।

उहाँले मधेसका जायज माग पूरा गर्न सरकार काँग्रेस समेतको संलग्नतामा सर्वपक्षीय नयाँ समिति गठन गरी समाधान खोज्न तत्पर रहेको बताउनुभयो । मधेसकेन्द्रित दलको तराई आन्दोलनलाई सम्बोधन गर्न उनीहरुका मागभन्दा मुख्य विषयमा केन्द्रिकृत भई घनीभूत छलफल गरी समाधान खोजिने उहाँको धारणा थियो ।

मालेका महासचिव मैनालीले मधेस आन्दोलन घरभित्रको समस्या भएको जनाउँदै यसको समाधानमा बाह्य शक्तिको सहयोगको कुनै आवश्यकता नरहेको स्पष्ट गर्नुभयो । “मुलुकलाई केन्द्रबिन्दुमा राखेर समाधान खोज्दा सबै समस्याको समाधान निस्कन्छ”– उहाँले भन्नुभयो ।

कार्यक्रममा माले भक्तपुरका सचिव अदीप खड्का, पार्टी पोलिटब्युरो सदस्यद्वय कुमार बेल्वासे र वीरेन्द्र थपलिया तथा केन्द्रीय सदस्य रोहित केसीलगायतले भारतको नाकाबन्दीविरुद्ध नागरिकले दबाब सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । रासस