मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घर घरमा दीपावली, बजारको उत्साह कम

घर घरमा दीपावली, बजारको उत्साह कम


काठमाडौँ, २५ कात्तिक । हिन्दू नेपालीको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत लक्ष्मीपूजाका दिन आज साँझ घर घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरी मनाइएको छ । 

 
काठमाडौँ उपत्यकाका घर घरमा फूल, माला र रङले सजाई, गोबरले लिपेर तथा सरसफाइ र उज्यालो बनाएर पूजाआजा गरिएको पाइए पनि बजारको चहलपहल भने विगतको जस्तो छैन । नेपालका मुख्य नाकामा भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभावले बजारमा उत्साह कम भएको हो । 
 
कतिपय बजार र ठूला घर तथा कार्यालयको परिसरमा झिलिमिली बत्ती बलेको देखिए पनि सबैतिर त्यस्तो उज्यालो देख्न सकिएन । विनाशकारी भूकम्प गएको वर्ष भएकाले पनि चहलपहल कम भएको बताइएको छ  । देउसे–भैलोको टोलीको घुइँचोको हिसाबले पनि विगतको भन्दा कम समूह देखिएको छ । रासस