मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

म नामका लागि प्रधानमन्त्री भएको होइन : ओली

म नामका लागि प्रधानमन्त्री भएको होइन : ओली


पाँचथर, २५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नामका लागिभन्दा पनि कामका लागि प्रधानमन्त्री बनेको बताउनुभएको छ ।

पाँचथरको रविमा आज १६औँ राष्ट्रिय विभूति तथा फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा सालिक अनावरण गर्दै उहाँले आफू प्रधानमन्त्री नामका लागिभन्दा पनि कामका लागि बनेको बताउनुभएको हो ।

उहाँले भारतले गरेको नाकाबन्दीलाई अवसरका रुपमा लिई चाँडै समस्या समाधान गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आगामी वर्षभित्र देशलाई विद्युत्भार कटौतीमुक्त देश बनाई छोड्ने घोषणा गर्दै भन्नुभयो, ‘‘अर्को वर्षभित्र नेपालीले दीपावलीमा अन्धकारमा बस्न पर्ने छैन ।’’

जिल्लाको राँके–रवि–६ नम्बर बुधबारे र दमक–चिसापानी–रवि सडकखण्डको स्तरोन्नति दु्रत गतिमा गर्ने, विद्युतीकरण र पर्यटन विकासका निम्ति आफूले सक्दो प्रयास गर्ने उहाँले बताउनुभयो ।

यसैबीच प्रधानमन्त्री ओलीले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीको दिन आगामी वर्षदेखि प्रत्येक वर्ष सार्वजनिक बिदा दिनेसमेत घोषणा गर्नुभयो ।

यस्तै पूर्व सभामुख तथा एमाले नेता सुवास नेम्बाङले हिमाल, पहाड, मधेस सबै पक्षलाई समेट्ने गरी संविधान आएको बताउँदै अब देश समृद्धि र विकासले फड्को मार्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्नि खरेल, काँग्रेस नेता भीष्मराज आङ्देम्बेलगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो । रासस