मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मुलुकको समस्या चाँडै समाधान हुन्छः प्रधानमन्त्री ओली

मुलुकको समस्या चाँडै समाधान हुन्छः प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विद्यमान समस्या चाँडै समाधान हुने बताउनुभएको छ ।

नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको आज सिंहदरबारमा संयुक्त ज्ञापनपत्र बुझ्दै उहाँले सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि कूटनीतिक प्रयास जारी रहेको बताउनुभयो ।

Advertisement
ADVERTISEMENT

प्रधानमन्त्री ओलीले आफूहरुले भारतसँग सम्बन्ध बिगार्न नचाहेको तर कुनै पनि दबाब, प्रभावमा नझुक्ने बताउनुभएको युवा सङ्घका अध्यक्ष उकेश कवांले भन्नुभयो ।

आठबुँदे सो ज्ञापनपत्रमा भारतको अघोषित नाकाबन्दीविरुद्ध नेपाल सरकारको अडानलाई थप दृढतापूर्वक निरन्तरता दिई कुनै पनि अवस्थामा नेपालको सार्वभौमिकता र स्वतन्त्रतामा झुक्न नहुने, नाकाबन्दीका कारण चुलिएको कालाबजारी र भ्रष्टाचारको तत्काल नियन्त्रण गरी उत्तरी नाका खुलाउनका लागि चाँडो पहल गर्नुपर्नेलगायत रहेका छन् । रासस

शेयर गर्नुहोस:

0
Shares