मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पर्वतका थापाको मलेशियामा निधन

पर्वतका थापाको मलेशियामा निधन


पर्वत जिल्ला बेहुलिबास गाविस – २, डाडाथोक घर भएका २८ बर्षिय अशोक थापाको मलेशियामा निधन भएको छ । मलेसिया जोहरवारुको पेकानान्सको सिमान कम्पनिमा कार्यरत थापाको नोभेम्बर १ तारीक राति सुतिरहेको बेला खाटबाट खसेर निधन भएको जनाईएको छ। थापा  कामको शिलशिलामा २ बर्ष अगाडी मलेसिया पुगेका थिए । पर्वतको हुवास गाविस हातेमालो चोकमा होटल खोलि व्यवसाय गर्दै आएका थापा होटल बन्द गरी मलेसीया गएका थिए ।  
 
थापाको एक छोरा एक छोरी र श्रिमति छन । हाल उनीहरु घरमा बाबा आमा र भाइबहिनि संगै बस्दै आएका छन । थापाको शवलाई  मलेसियाको  जोहरवारु स्थित सोल्टन अस्पतालमा राखीएको छ भने केही दिनमै  पोस्टमार्टम गरी घर पठाउने तयारी भैरहेको मलेसीयाबाट रमेश भुर्तेलले बताउनु भएको छ । थापाको निधनले परिवार सहित सिंगो गॉउनै शोकमय बनेको छ।