मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल चीनबीच ११ बुँदे सहमतिमा हस्ताक्षर

नेपाल चीनबीच ११ बुँदे सहमतिमा हस्ताक्षर


काठमाडौं, १९ कार्तिक – नेपाल र चीनबीच बिहीबार ११ बुँदे सम्झौता पत्रमा हस्ताक्षर हुँदैछ । नेपाल र चीनबीच विभिन्न नाकाको व्यापारिक मार्गमा सहजता, नेपाली बस्तुमा भन्सार छुट दिने चिनियाँ निर्णयको कार्यान्वय लगायत ११ वुँदे सहमतिमा औपचारिक हस्ताक्षर हुन लागेको हो ।

तातोपानी र केरुङ नाकाबाहेक मुस्ताङ, हुम्लाको यारिङ, संखुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङगोला, गोरखाको लार्के, दोलखाको लामाबगर, र मुगु नाकामा ब्यापारिक मार्ग सहज बनाउने सहमति भएसँगै दुई राष्ट्रका भन्सार अधिकारीबीच सहमती पत्रमा हस्तार हुन लागेको हो ।

राजधानी अपरान्ह ५ वजे सहमतिपत्रमा भन्सार विभागका उपमहानिर्देशक तथा नेपाली बार्ताटोली संयोजक दामोदर रेग्मी र ल्हासा भन्सारका उपमहानिर्देशक लोङ चुङ वोईले हस्ताक्षर गर्ने छन् ।