मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आगलागीबाट एघार घर जलेर नष्ट

आगलागीबाट एघार घर जलेर नष्ट


लहान, १८ कात्तिक । सिरहाको भगवानपुर–९ मा गएराति भएको आगलागीबाट ११ वटा घर जलेर नष्ट भएका छन् ।

भगवानपुर–९ निवासी रामकिसुन यादवको घरबाट राति ११ बजे सल्केको आगोले रामकुमार यादव र शिवनारायण यादवको फुस र बाँसको टाटीले बनेको ११ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट घरमा रहेका सम्पूर्ण समान जलेर नष्ट हुँदा करिब रु २२ लाख बराबरको क्षति भएको जनाइएको छ । स्थानीयबासी, प्रहरी र बारुणयन्त्रको सहयोगमा राति नै आगलागी नियन्त्रणमा लिइएको थियो । रासस