मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रिय स्वाभिमानविरुद्ध भारतसँग झुक्दिन : प्रधानमन्त्री ओली

राष्ट्रिय स्वाभिमानविरुद्ध भारतसँग झुक्दिन : प्रधानमन्त्री ओली


काठमाडौं । संविधान जारी हुनुपूर्वबाट चिसिएको नेपाल–भारतबीचको सम्बन्ध सुधार हुन सकेको छैन । संविधान घोषणा भएपछि मधेसवादी दलहरुको आन्दोलनलाई कारण देखाउदै भारतले अघोषित रुपमा जारी गरेको नाकाबन्दी कायमै छ ।

यस बीचमा नेपाल–भारतको बीचमा परराष्ट्रस्तरीय भेटघाट र वार्ता भएका मात्र छैनन् दुई देशका प्रधानमन्त्रीबीच समेत टेलिफोन कुराकानी भएको छ । तर पनि दुई देशबीच उत्पन्न भएको गत्यावरोध हट्न सकेको छैन । भारतले नेपालमाथि हस्तक्षप गर्ने ढंगबाट नाकाबन्दीको नाममा नेपाली जनतामाथि सास्ती थोर्पदै आएको छ ।

टेलिफोनमै ओली र मोदीबीच चर्काचर्की
भारतको आर्शिवाद बिना नै केपी ओलीको नेतृत्वमा सरकार गठन गरेपछि भारत थप चिढिएको छ । सरकार गठनपछि प्रधानमन्त्री ओली र एमाओवादीका अध्यक्ष प्रचण्ड एकढिक्का भएर अगाडि बढेका छन् । ओली प्रधानमन्त्री निर्वाचित भएकै दिन भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेर बधाई मात्र दिएनन् छिट्टै भारत भ्रमणको निम्तो दिए । यसले दुई देशको सम्बन्धमा सुधार आउने आशा र अपेक्षा गरिएको थियो । ओली प्रधानमन्त्री भएपछि भारतले दुई दिन नाकाबन्दी खुकुलो पारेपनि त्यसपछि निरन्तर रुपमा नाकाबन्दी कायमै राखेको छ ।

राष्ट्रिय स्वाभिमान उच्च बनाउछु, भारतसंग झुक्दिन
मंगलवार राती ११ बजेसम्म मन्त्री छनोट गर्न बसेको स्थायी समितिको बैठकमा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय स्वाभिमान उच्च बनाउने र भारतसंग नझुक्ने बताएका थिए । ‘हामीलाई हाम्रो स्वाभिमान र आत्मसम्मान भन्दा ठूलो अरु केही हुन सक्दैन, एक स्थायी समिति सदस्यले भने, ‘भूगोलेको हिसाबमा देश सानो ठूलो हुन सक्छ, कसैले अपमान गर्ने थिचोमिचो गर्ने दादागिरी देखाउदा सहेर बस्न सकिदैन ।’ भारतले नेपाल र नेपालीलाई नाकाबन्दी माफर्त झुकाउन खोजेको बताउंदै प्रधानमन्त्री ओलीले भारतसंग नेपालले सम्मानपूर्वक अहिले देखिएको समस्याको समाधान चाहेको बताएका थिए ।

आन्दोलनमा भारतीय नागरिक 
राष्ट्रियता स्वाभिमान र आत्मसम्मान राष्ट्रिय एकता भूगोलमा सानो हुन सक्छ कसैले अपमान गर्ने थिचोमिचो र दादागिरी सहन सकिदैन । यो सरकारले यो गर्दैन सीमामा देखिएको समस्या संवाद मार्फत समाधान गर्नको लागि टेबुलको नाका खोलाउन सम्पूर्ण शक्ति लगाउने बताएका थिए । पराधिन भयो, स्वाभिमान नेपालको हैसियतले आपूर्तिको विभिन्न विकल्प प्रयास गर्ने, सरकारले हल्ला कम गर्ने, ट्याङकी तेल धेरै ल्याएको, लोडसेडिङ कम गराइदिने, विद्युतीय सरकारी साधन स्रोत साधनमा मित्यवध्य अत्यावश्यकीय गर्ने ध्यान राखेर आज बस्ने आठ बजे मन्त्रीपरिषद्को बैठक बोलाएका छन् ।

नाका खोल्न सम्पूर्ण शक्ति लगाउछु
दुई महिनादेखि जारी मधेसवादी दलको आन्दोलनको कारण भारतले एक महिना अघिदेखि गरेको नाकाबन्दीको कारण सिंगो देशको अर्थतन्त्र धरासायी बन्नुको साथै नागरिकहरुको जनजीवन अस्तव्यस्त बनेकाले सरकारले सीमामा देखिएको अवरोध हटाउनको लागि सम्पूर्ण शक्ति लगाउने पनि प्रधानमन्त्री ओलीले बताए ।

राज्यमा संकट पर्ने ढंगले हुने अवरोध सरकारले टुलुलुटु हेरेर बस्न सक्दैन ओलीले बैठकमा भनेका थिए,‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख निर्वाचनमा केही समय खर्चनु प-यो, अब देशमा देखिएको संकट समाधान गर्नको लागि सरकारले कुनै पनि कसरत बाँकी राख्दैन ।’ बढ्दो इन्धन संकटलाई समाधान गर्नको लागि सरकारले विभिन्न विकल्प अगाडि सारेको, चीनसंग तेल ल्याउने सम्झौता भएको, नागरिकको समस्यालाई समाधान केही सम्बोधन गर्नको लागि लोडसेडिङ घटाउने तयारी पनि सरकारले गरेको छ, बैठकमा ओलीले भनेका थिए ।

ओलीले सरकारी सवारी साधनलाई मितव्ययिता अपनाउन पनि आफूले निर्देशन दिइसकेको बताएका थिए ।