मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बिहारको चुनावमा नेपाल–भारतको सीमा नाका बन्द

बिहारको चुनावमा नेपाल–भारतको सीमा नाका बन्द


जनकपुरधाम, १८ कात्तिक । भारत बिहार राज्यमा भोलि बिहीबार हुने पाँचौँ चरणको विधानसभाको निर्वाचनलाई दृष्टिगत गरी धनुषा जिल्लाअन्तर्गत रहेको सिमानाका आज बुधबार बिहानैबाट नाका बन्द गरिएको छ ।

सुरक्षालाई दृष्टिगत गरी भोलि साँझसम्मको लागि सो नाका भारतीय पक्षबाट ‘सिल’ गरिएको सशस्त्र प्रहरी बल विओपी महिनाथपुरले जनाएको छ । जसअन्तर्गत नेपाल–भारतबीच रहेको इनर्वा, दुहबी, खजुरी, महिनाथपुर, भररिया, जटहीलगायतका नाका सिल गरिएको समाचारमा जनाएको छ ।

शान्ति सुरक्षा आपराधिक क्रियाकलाप हुन नदिन चुनावलाई दृष्टिगत गरी भारतीय पक्षले आफ्ना नाका बन्द गरेको धनुषाका प्रमुख जिल्ला अधिकार कालीप्रसाद पराजुलीले बताउनुभयो ।

सो नाकामा पैदल यात्रुलाई समेत जानबाट रोक लगाइएको भारती सीमा सुरक्षा बल एसएसबी पिपरौनले जनाएको छ । रासस