मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रसुवा बस दुर्घटनामा मर्नेको संख्या ३५ पुग्यो (अपडेट)

रसुवा बस दुर्घटनामा मर्नेको संख्या ३५ पुग्यो (अपडेट)


धादिङ,१८ कात्तिक । रसुवा जिल्लाको चिलिमेका लागि काठमाण्डौंबाट छुटेको यात्रुवाहक मंगलबार दिउँसो १ वजे तिर रसुवाको राम्चे गाविसको ग्राङमा दुर्घटना हुँदा १२ जना महिला र २३ जना पुरुष गरी ३५ जनाको ज्यान गएको छ । दुर्घटनामा परि ४० जना यात्रु घाइते भएका छन् । 
 
घाइतेमध्ये ५ जनाको रसुवा जिल्ला अस्पतालमा, ५ जनाको त्रिशूली अस्पताल उपचार भइरहेको छ भने गम्भीर अवस्थामा रहेका ४१ जनालाई काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि पठाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । 
 
मृतकमध्ये बस चालक नुवाकोट मनकामना गाविसका भरत गुरुङ,  यात्रुहरु गढीमाई नगरपालिका वडा नम्बर ६ का दीपा चिमोरिया, गोल्जुङ ५ रसुवाका निमा टासी तामाङ र धैवुङ गाविसका गाविस सचिव टिकमवहादुर शाहीको मात्रै सनाखत भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 
 
काठमाडौंबाट नुवाकोटको विदुर हुँदै रसुवाको चिलिमेतर्फ जाँदै गरेको ना३ख ५७०६ नम्बरको बस सडकबाट करिब २ सय मिटर तलखस्दा घटनास्थलमा ३० जना र नुवाकोटको त्रिशूली अस्पतालमा उपचारका क्रममा ४ जनाको गरी ३५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 
 
पहिरोले क्षतिग्रस्त वनाएको कच्ची सडकबाट यात्रुले खचाखच भरिएको बसको अगाडीको टायर पञ्चर भई अनियन्त्रित हुन पुग्दा बस सडकदेखि २ सय मिटर तल खसेको स्थानीयले वताएका छन । 
 
दुर्घटनाको खबर आएपछि सदरमुकामबाट घटनास्थल पुगेको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी सम्मिलित सुरक्षाकर्मी र स्थानीयको सहयोगमा घाइतेहरुको उद्धार गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिनुभयो । घटनास्थल सदरमुकाम धुन्चे देखि १२ किलोमिटर टाढा रहेको छ । 
 
बसको भित्र र बाहिर गरेर कम्तीमा ७० जना यात्रु सवार रहेका बताइएको छ । ३५ भन्दा बढी यात्रु घाइते अवस्थामा उद्धार गरिएकाले गम्भिर घाईतेहरुलाई काठमाडौँ र बांकी घाईतेलाई  जिल्ला अस्पताल धुन्चे र नुवाकोटको त्रिशूली अस्पताल पठाईएको प्रहरीले जनाएको छ । 
 
बस पहिरोग्रस्त क्षेत्रबाट खसेकाले  टुक्रा टुक्रा हुनपुगेको स्थानीयले बताएका छन । घाइतेहरुको उद्धार गरिएकाले दुर्घटनास्थलमा रहेका शव संकलन गरी पहिचानका लागि पहल भइरहेको पनि रसुवा प्रहरीले जानकारी दिएको छ ।