मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रसुवा बस दुर्घटनामा ३३ को ज्यान गयो (अपडेट)

रसुवा बस दुर्घटनामा ३३ को ज्यान गयो (अपडेट)


धादिङ, १७ कात्तिक ।  रसुवा जिल्लाको चिलिमेका लागि काठमाण्डौंबाट छुटेको यात्रुवाहक मंगलबार दिउँसो १ वजे तिर रसुवाको राम्चे गाविसको ग्राङमा दुर्घटना हुँदा ३३ जना यात्रुको ज्यान गएको छ । दुर्घटनामा परि ३५ जना बढी यात्रु घाइते भएका छन ।
 
काठमाडौंबाट नुवाकोटको विदुर हुँदै रसुवाको चिलिमेतर्फ जाँदै गरेको ना३ख ५७०६ नम्बरको बस सडकबाट करिब २ सय मिटर तलखस्दा घटनास्थलमा ३० जना र नुवाकोटको त्रिशूली अस्पतालमा उपचारका क्रममा ३ जनाको गरी ३३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । बर्षा देखि पहिरोले क्षतीग्रस्त वनाएको कच्ची सडकबाट र कच्ची सडकबाट यात्रुले खचाखच भरिएको बसको अगाडीको टायर पञ्चर भई अनियन्त्रित हुन पुग्दा बस सडकदेखि २ सय मिटर तल खसेको स्थानीयले वताएका छन । 
 
दुर्घटनाको खबर आएपछि सदरमुकामबाट घटनास्थल पुगेको सुरक्षाकर्मीहरुले  स्थानीयको सहयोगमा घाइतेहरुको उद्धार गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । घटनास्थल सदरमुकाम धुन्चे देखि १२ किलोमिटर टाढा रहेको छ । 
 
बसको भित्र र बाहिर गरेर कम्तिमा पनि ७० जना यात्रु सवार रहेका बताइएको छ । ३५ भन्दा बढी यात्रु घाइते अवस्थामा उद्धार गरिएकाले गम्भिर घाईतेहरुलाई काठमाडौँ र बांकी घाईतेलाई  जिल्ला अस्पताल धुन्चे र नुवाकोटको त्रिशूली अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बस पहिरोग्रस्त क्षेत्रबाट खसेकाले  टुक्रा टुक्रा हुनपुगेको स्थानीयले बताएका छन । घाईतेहरुको उद्धार गरिएकाले दुर्घटनास्थलमा रहेका शव संकलन गरी पहिचानका लागि पहल भईरहेको पनि रसुवा प्रहरीले जानकारी दिएको छ ।