मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राजेन्द्र महतोलाई वीरगञ्ज प्रवेशमा रोक

राजेन्द्र महतोलाई वीरगञ्ज प्रवेशमा रोक


वीरगञ्ज, १७ कात्तिक । अनिश्चितकालीन कर्फ्यू लागेका बेला वीरञ्गज छिर्न खोजेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई स्थानीय प्रशासनले प्रवेशमा रोक लगाएको छ ।
 
पर्सा जिल्लाको सीमाना रहेको गण्डकबाट आफ्ना केही कार्यकर्तासहित वीरगञ्ज प्रवेश गर्नै लाग्दा त्यहाँ ड्यूटीमा रहेका प्रहरीले महतोलाई वीरगञ्ज जानबाट रोकेका हुन् । 
 
वीरगञ्जमा सोमवार दिनभरिको तनावपछि स्थानीय प्रशासनले अपराह्न तीन बजेदेखि अनिश्चितकालिन कर्फ्यूको आदेश जारी गरेको थियो ।
 
मधेश आन्दोलनको क्रममा महतो जति पटक वीरगञ्ज आए त्यति पटक नै यहाँको अवस्था बिग्रेको र प्रहरीले बाध्यतावश बल प्रयोग गरि कर्फ्यूसमेत लगाउने अवस्था सिर्जना हुने गरेको छ ।
 
प्रशासनले लगाएको कर्फ्यूलाई अवज्ञा गर्न खोजेपछि प्रहरीले महतोलाई वीरगञ्ज प्रवेशमा रोक लगाएको पर्सा जिल्ला प्रहरीबाट खटिएका एक जना इन्स्पेक्टरले जानकारी दिए । 
 
प्रहरी स्रोतले दिएको जानकारीअनुसार महतोको आगमनले वीरगञ्जको स्थिlत झन् बिग्रिन सक्ने र यहाँको शान्ति सुरक्षाको अवस्था नियन्त्रणभन्दा बाहिर जान सक्ने भन्दै प्रशासनले महतोलाई रोकेको हो ।
 
आफ्ना दर्जनबढी कार्यकर्तासहित महतो हिजो घाईते भई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराई रहेका प्रदर्शनकारी भेट्न वीरगञ्ज जान लागेको सदभावना पार्टीले जनाएको छ । तर, प्रहरीले कुनै हालतमा पनि वीरगञ्ज प्रवेश गर्न नदिने र जबरदस्ती गर्न खोजे जेल हाल्ने चेतावनी दिएपछि महतो फर्कन बाध्य भएको सद्भावना पार्टीका एक नेताले बताए ।
 
जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारीअनुसार वीरगञ्जको माहौल साम्य पार्न महतोलाई आउन नदिन तथा टाढै राख्न केन्द्रबाटै निर्देशन आएको छ । शान्ति सुरक्षा बिग्रिने अवस्थामा महतोलाई पक्राउ गर्न समेत गृह मन्त्रालयले निर्देशन दिएको जानकारी प्रहरी उच्च स्रोतले बताएको छ ।
 
मधेश आन्दोलनको क्रममा महतो जति पटक वीरगञ्ज आए त्यति पटक नै यहाँको अवस्था बिग्रेको र प्रहरीले बाध्यतावश बल प्रयोग गरि कर्फ्यूसमेत लगाउने अवस्था सिर्जना हुने गरेको छ । यसअघि महतोले वीरगञ्जमा लगाएको कर्फ्यूको उल्लंघन गरेर अस्पताल पुगेर मृतक र घाईते भेटी आन्दोलन उक्साएका थिए । 
 
पछिल्लो पटक अस्पताल परिसर पुगेका महतोले त्यही चर्को भाषण गर्दा स्थिति नियन्त्रण बाहिर गएको र प्रहरीले बाध्य भएर हवाई फायर गरेको थियो । एजेन्सी