मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालगञ्ज-रुपैडिया नाका खुल्यो, २४ इन्धनसहित ७२ गाडी भित्रिए

नेपालगञ्ज-रुपैडिया नाका खुल्यो, २४ इन्धनसहित ७२ गाडी भित्रिए


नेपालगन्ज । नेपालगञ्ज रूपैडिया नाकामा मंगलबार बिहानदेखि सवारी साधनहरू निर्वाधरूपमा आवागमन भएको छ । कात्तिक १६ गते रातिदेखि कात्तिक १७ गते दिउँसो ३ बजेसम्म २४ ओटा इन्धनसहित ७२ गाडी नेपाल भित्रिएका छन् ।

भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले कात्तिक १६ गते दिनभर एकतर्फीरूपमा अवरूद्ध गरेको नाका राति ८ बजेदेखि भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले सवारी साधनहरू सञ्चालनमा आउन दिएको हो ।

नेपाल भित्रिएका ७२ गाडी मध्ये ४८ मालबाहक, १५ डिजेल, ६ पेट्रोल, २ ग्याँस, १ एटिएफ रहेको सशस्त्र सीमा सुरक्षा बलका इन्स्पेक्टर अमित मल्लले जानकारी दिए ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले माथिको आदेश भन्दै एकतर्फी रुपमा कात्तिक १६ गते बिहान ११ बजेदेखि नेपाली नम्बर प्लेटका सवारी साधन भारत प्रवेश र भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेशमा अचानक रोक लगाएको थियो । सवारी साधन किन रोकेको र किन खोलेको भन्ने विषयमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कुनै आधिकारीक जानकारी नदिएको इलाका प्रहरी कार्यालय जमुनाहाका सई विष्णु गिरीले बताए ।

मधेसी मोर्चाको सीमा केन्द्रित आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण असोज ७ गतेदेखि अवरोध रहेको जमुनाहा रूपैडिया नाकामा मधेसी मोर्चाका कार्यकर्तासमेत नभएको र सीमामा अवरोध हटेपछि आवतजावत गर्न र सामान ढुवानीमा सहज भएको छ ।